Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

बेलायतको लर्ड्समा हुने खेलका लागि नेपाली क्रिकेट टोली घोषित, एमसिसी र नेदरल्याण्ड्ससँग भिड्दै

नेपालले साउन १३ गते टी ट्वान्टी फरम्याटमा लर्ड्समा एमसिसी र नेदरल्याड्ससँग खेल्ने, प्रतियोगिताका लागि शनिबारदेखि बन्द प्रशिक्षण

शनिबार, २३ आषाढ २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, २३ असार :

बेलायतको लर्ड्समा हुने मेरिलोबन क्रिकेट क्लब (एमसिसी) र नेदरल्याण्ड्ससँग खेल्नका लागि २० सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको छनोट भएको छ । 

आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले २० सदस्यीय टोलीको घोषणा गरेको हो । छनोट हुनेमा कप्तान खड्कासहित विनोद भण्डारी, सुवास खकुरेल र प्रदीप ऐरी छन् । उनीहरुले पुनरागमन गरेका हुन् ।

हरि क्षेत्री नयाँ अनुहारका रुपमा छनोट भएका छन् । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा हरिले उदीयमान खेलाडीको उपाधि जितेका थिए । त्यस्तै छनोट हुने अन्य खेलाडीमा सन्दीप लामिछाने, अनिलकुमार साह, ललित राजवंशी, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुशान भारी र सुनिल धमला छन् ।

त्यसैगरी हरि क्षेत्री नयाँ अनुहारका रुपमा छनोट भएका छन् । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा हरिले उदीयमान खेलाडीको उपाधि जितेका थिए । त्यस्तै छनोट हुने अन्य खेलाडीमा सन्दीप लामिछाने, अनिलकुमार साह, ललित राजवंशी, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुशान भारी र सुनिल धमला छन् । 
नेपालले आगामी साउन १३ गते टी ट्वान्टी फरम्याटमा लर्ड्समा एमसिसी र नेदरल्याड्ससँग खेल्नेछ । उक्त प्रतियोगिताका लागि शनिबारदेखि बन्द प्रशिक्षण शुरु हुनेछ । 

 

ललित स्मृति राष्ट्रिय फुटबलः ब्रिगेड ब्वाइजलाई उपाधि 

ब्रिगेड ब्वाइज क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै ललित स्मृति अठार वर्षमुनि (यु–१८) को राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको फाइनल भिडन्तमा ब्रिगेड ब्वाइजले आर्मीलाई १–० ले गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । 

बिग्रेड ब्वाइजको जीतमा अनुप गुरुङले गोल गरे । उनले खेलको ८७ औँ मिनेटमा गरेको एक गोल नै बिग्रेड ब्वाइजका लागि निर्णायक भयो । जीतसँगै ब्रिग्रड ब्वाइजले रु तीन लाख हात पा¥यो । त्यस्तै उपविजेतामा चित्त बुझाएको आर्मीले भने रु एक लाख ५० हजार पायो । गत जेठ २९ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा ए डिभिजनका १४ क्लबसहित १८ टोलीको सहभागिता थियो । 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू