Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

छविराज ओझा र शिल्पा पोखरेलको सम्बन्धबारे रेखा थापाले गरिन् यस्तो खुलासा !

यति बेला अभिनेत्री तथा छविकी पूर्व पत्नी समेत रहेकी रेखा थापाले छवि र शिल्पाको विवाह भइसकेको बताएकी छिन्

शुक्रबार, २२ आषाढ २०७५, सगरमाथा पोष्ट

काठमाडौं, २२ असार

फिल्मी क्षेत्रमा चर्चामा आईरहने जोडीमा निर्देशक छविराज ओझा र शिल्पा पोखरेलको जोडिलाई मानीन्छ ।यो जोडिलाई ‘प्रेम–जोडी’ पनि भन्ने गरीन्छ।

तर, यो ‘प्रेम–जोडी’ कहिले लगनगाँठोमा बाँधिन्छन् यो भन्ने विषय चाहिँ आम चासो बनेको छ। यी दुई कहिले साइत हेराउने, कहिले दसैँमा विवाह गर्ने लगायतका कुरा मिडियामा भनिरहेका हुन्छन् । त्यस्तै सिनेनगरीमा छवि र शिल्पाले सुटुक्क बिहे गरीसकेको तर बाहिर फल्यास नगरेको भन्ने पनि कम छैनन् ।

यद्यपी यि दुवैले मिडियामा आफूहरूले विवाह नगरेको र हुन सक्ने सम्भावना बढी रहेको बताउँदै आएका छन् । तर यति बेला अभिनेत्री तथा छविकी पूर्व पत्नी समेत रहेकी रेखा थापाले छवि र शिल्पाको विवाह भइसकेको बताएकी छिन् ।

उनले एक स्मारिकामा आफ्नो भनाई राख्दै छवि र शिल्पाको विवाह दुई वर्ष अगाडी भएको लेखेकी छिन् । रेखाले मिडियाले आफूलाई छविको नाम जोडेर प्रहार गरिरहेको र आफ्नो डिभोर्स भइसके पश्चात् शिल्पासँग बिहे भएको दुई वर्ष भएको बताएकी छिन् ।

एक स्मारिकमा लेख लेख्दै रेखाले भनेकी छिन्–‘कुनै समय मैले लगाउने सर्ट, स्कर्ट, छवि ओझासँगको प्रेम र बैबाहिक सम्बन्ध, त्यसपछिको डिभोर्सले मिडियामा खुब स्थान पायो । पब्लिक फिगर भएकाले मेरो जीवनका गतिबिधीमा पाठक र दर्शकको चाख हुन्छ । तर, इरिटेट त्यहाँनेर लाग्छ, जब मलाई छवि ओझासँग अहिले पनि जोडिन्छ । जबकी, डिभोर्स भएर उहाँले शिल्पा पोखरेलसँग बिहे गरेको दुई बर्ष भइसक्यो ।’


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू