Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

विश्वकप क्वाटरफाइनल : फ्रान्स र उरुग्वे तथा ब्राजिल र बेल्जियम भिड्दै

नेपाली समयअनुसार बेलुकी ७ः४५ बजे उरुग्वे र फ्रान्स तथा राती ११ः४५ बजेको खेलमा ब्राजिल र बेल्जियमबीच रोमाञ्चक प्रतिश्पर्धा

शुक्रबार, २२ आषाढ २०७५, सगरमाथा पोष्ट

काठमाडौं, असार २२ । 

रुसमा जारी विश्वकप २०१८ अन्तर्गत शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । जसअनुशार शुक्रबार नेपाली समयअनुसार बेलुकी ७ः४५ बजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्नेछ । त्यस्तै, शुक्रबार नै हुने राति ११ः४५ बजेको खेलमा ब्राजिल र बेल्जियमबीच अत्यन्तै रोमाञ्चक प्रतिश्पर्धा हुनेछ ।

यसअघि प्रि–क्वाटरफाइनलको खेलमा क्रिश्चियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई २–१ गोल अन्तरले हराउँदै उरुग्वेले  क्वाटरफाइनलको यात्रा तय गरेको थियो । उता त्यही उरुग्वेसँग भिड्दै गरेको फ्रान्सले पनि विश्वचर्चित खेलाडी लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई ४–३ गोल अन्तरले हराउँदै अन्तिम ८ मा आफ्नो स्थान पक्का गरेको थियो ।

विश्वकपको इतिहास हेर्दा यी दुई राष्ट्र पहिलो पटक आमने–सामने हुन लागेका हुन् । दुवै समूह विभिन्न पक्षबाट सबल रहेकाले आजको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । 

विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी कुल २४ टोली प्रतियोगिताबाट बाहिरीसकेकेका छन् । 

त्यस्तै, आज राति नै पौने १२ बजे हुने  ब्राजिल र बेल्जियमबीचको भिडन्त पनि उत्तिकै रोचक हुने पक्का छ । ब्राजिललाई सदावाहार उष्कृष्ट टिम मानिने गरिन्छ भने बेल्जियम पनि रसिया विश्वकपमा सनसनी मच्चाईरहेको सन्तुलित टिम हो । ब्राजिल र बेल्जियम दुवै टिम यो विश्वकपको रोजाइको टिम हो भन्दा पनि त्यति फरक पर्दैन । 

ब्राजिलले क्पाटरफाईनलको यात्रा गर्ने क्रममा मेक्सिकोलाई दुई शून्यले पराजित गरेको थियो भने बेल्जियमले एसियाली राष्ट्र जापानलाई तीन दुई गोलले पराजित गरेको थियो ।

पाँच पटकको विश्वकप विजेता ब्राजिललाई बेल्जियम विरुद्ध सहज भने पक्कै हुने छैन । त्यस्तै, कडा प्रतिस्पर्धीको रूपमा उभिएको बेल्जियमलाई पनि ब्राजिललाई हराउनु सामान्य रहनेछैन । 

विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी कुल २४ टोली प्रतियोगिताबाट बाहिरीसकेकेका छन् । जसअनुशार अब आयोजक रुससहित, फ्रान्स, क्रोएसिया, उरुग्वे, ब्राजिल, बेल्जियम, स्वीडेन र इङ्ग्ल्याण्ड प्रतिस्पर्धामा रहेको छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू