काठमाडौँ, १६ असार ।
रुसमा जारी विश्वकपमा शनिबारबाट प्रिक्वाटरफाइनलका खेल शुरु भएको छ । नकआउट चरण अन्तर्गत अन्तिम १६ का खेलहरु अब बिशेष रोचक हुनेछन् । अब हुने खेलहरुमा फुटबलका महारथी भनेर चिनिने समूह बीचको भिडन्तले उनीहरुको स्थान निर्धारण गर्ने छ ।
जसनुशार शनिबार अन्तिम १६ को पहिलो खेल फ्रान्स र अर्जेन्टिनाबीच हुने तय भएको छ । त्यस्तै शनिबार नै हुने अर्को खेलमा बिश्व बिजेता समेत रहिसकेको ब्राजिल र मेक्सिको आमने सामने हुनेछन् ।
काजान एसियामा नेपाली समय अनुसार पौने ८ बजे सुरु हुने खेलको प्रतिक्षा जोडका साथ रहेको छ । उपाधिको दावेदार मानिएका फ्रान्स र अर्जेन्टिना आमने सामने हुँदै गर्दा दुबै देशका फ्यानहरुको मुटु धड्किएको अवस्था छ ।
विश्व चर्चित खेलाडी लियोनल मेस्सीलाई रोक्ने तयारीमा फ्रान्स रहेको छ । मेस्सिलाई रोकेको खण्डमा खेल आफ्नो पक्षमा पार्न समेत उ लगभग सक्षम छ । सुरुवाती दुई खेलमा प्रभाव जमाउन नसकेका सुपर स्टार मेस्सीको समूह चरणको अन्तिम खेलमा केही सकारात्मक प्रर्दशन कायमै रहेकाले अर्जेन्टिनाका समर्थकहरु पनि उत्तिकै आशाबादी देखिन्छन् ।
त्यस्तै, समूह चरणको अन्तिम खेलमा नाइजेरियाविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गर्दै नकआउट चरणको यात्रा तय गर्न सफल अर्जेन्टिनाका लागि फ्रान्ससँगको भिडन्त निकै महत्वपूर्ण हुनेछ । पहिलो खेलमा आइसल्यान्डसँग १–१ को बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३–० ले पराजित भएको थियो । त्यसोत अर्जेन्टिनाका निम्ति शनिबार फ्रान्स विरुद्ध जित निकाल्नु सोचे अनुरुप सजिलो पक्कै पनि हुने छैन ।
उता फ्रान्स भने समुह चरणको ३ खेलमै अपराजित रहेपनि २ खेलमा जित र १ मा बराबरी गर्दै अघि बढेको थियो ।
उरुग्वे समुह ‘ए’ को विजेता बन्दै १६ को यात्रा तय गर्दा पोर्चुगल समुह ‘वि’ को उपविजेता बनेको हो । तर, शनिबार भने उसलाई क्रिष्टियानो रोनाल्डोको देश पोर्चुगललाई हराउनु त्यक्ति सजिलो पक्कै छैन । प्रिक्वाटरफाईनलको भेट यी दुवैका लागी रोमाञ्चक रहने सबैतिर आंकलन गरिएको छ ।
फ्रान्स समुह सिको समुह विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो भने अर्जेन्टिना समुह डिको उपविजेता बन्दै अन्टिम १६ को यात्रा तय गरेको हो । पछिल्लो सयम यी दुईको भेट गत सन् २००९ मा अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा भएको थियो, जुन खेल अर्जेन्टिनाले २–० ले जितेको थियो ।
त्यस्तै शनिबार नै हुने अर्को खेल उरुग्वे र पोर्चुगलबीचको रहेको छ । उरुग्वे समुह ‘ए’ को विजेता बन्दै १६ को यात्रा तय गर्दा पोर्चुगल समुह ‘वि’ को उपविजेता बनेको हो । तर, शनिबार भने उसलाई क्रिष्टियानो रोनाल्डोको देश पोर्चुगललाई हराउनु त्यक्ति सजिलो पक्कै छैन । प्रिक्वाटरफाईनलको भेट यी दुवैका लागी रोमाञ्चक रहने सबैतिर आंकलन गरिएको छ ।
क्रिष्टियानो रोनाल्डो र लुईस सुवारेज विचको टक्करले पनि यो खेललाई रोचक बनाउने आशा छ । हेड टु हेडका आधारमा यी दुईको भेट अहिले सम्म दुई पटक भएको थियो । त्यसबेला एक खेल एक गोलको बराबरीमा रोकिएको थियो भने एक खेल पोर्चुगलले ३–० ले जितेको थियो । क्वाटरफाइनल प्रवेशका लागी यी २ समुहले शनिबार पौने १२ बजे फिस्ट ओलम्पिक स्टेडियममा भिड्नेछन् । जसको अहिले सर्बत्र चर्चा समेत छ ।