Previous Version
Sunday, Nov 01, 2020  |  आईतवार, १६ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ मिति २०७७ साल कार्तिक १६ गते आइतबार, नोभेम्बर १ तारीख हेरौं राशिफल सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत सिरहामा दलित महिला माथी जबर्जस्ती कुटपिट तथा अभद्र व्यबहार पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’ सार्वजनिक वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न गाह्रो तिहारमा भारतबाट फूल नल्याइने सुक्खा बन्दगाह निर्माण कार्य युद्धस्तरमा अगाडि बढाउँछौँ : मन्त्री भट्ट जंगलमा युवक र युवतीको सब फेला जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटर जडान गरिँदै देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग विश्व शहर दिवस मनाइँदै धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाःसौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति

“अबको केही वर्षभित्र नेपालको शेयर बजारमा निकै ठूलो ‘उछाल’ आउन सक्छ”

क्यापिटल मार्केटमा आज के छ भन्दा पनि भोली के हुँदै छ भन्ने कुराले ठूलो अर्थ राख्छ, यो एकप्रकारले ‘सेन्टिमेन्ट’ र ‘मास विहेवियर’ को गेम हो...

मंगलवार, ५ आषाढ २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, ५ असार ।

अहिले नेपालको शेयर बजार त्यति उत्साहजनक अवस्थामा छैन । विशेषगरी नयाँ सरकार स्थापना भएसँगै उकालो लाग्ने आँकलन गरिएको बजार अनपेक्षितरुपमा झन् ओरालो दिशातर्फ गइरहँदा कतिपय लगानीकर्ताहरु निराश समेत भएको देखिन्छ । हुन त कुनै पनि देशमा त्यो देशको सरकारले लिने नीति लगायतका विविध कारणले घटबढ हुने शेयर बजारको स्वभाव नै अस्थिर खालको हुने गर्छ । नेपालको सन्दर्भमा कुरा गर्दा भारी जनमतका साथ निर्माण भएको वर्तमान कम्युनिष्ट सरकार गठन भएको १०० दिन बितिसकेपछि अहिलेसम्मको अवस्थासम्म पनि यहाँको शेयर बजारले लय समाउन सकेको देखिदैन । स्पष्ट बुहमतसहितको बलियो सरकार गठनसँगै बजारमा उछालको प्रतिक्षा गरेर बसेका लगानीकर्ता त्यतिबेला निराश बने जतिबेला शेयर बजार सुचक नेप्सेले झन् ओरालो दिशा समाउँदै गयो । 

बजारमा सर्किट लाग्ने आस गरेर बसेका कतिपय लगानीकर्ता कारोबार रकममा समेत गिरावट देखेपछि सतर्क समेत हुन थालेका छन् । यसै सन्दर्भमा भारतको आइसीएफएआई विश्वविद्यालयबाट चार्टर्ड फाइनान्सियल एनालिस्ट (सिएफए) को व्यावसायिक अध्ययन पूरा गरी हाल पोर्टफोलियो म्यानेजर तथा इन्भेष्टमेन्ट एड्भाइजरका रुपमा कार्यरत् एवम् मार्केट पण्डित रिसर्च एण्ड इन्भेष्टमेन्ट एड्भाइजरीका प्रबन्ध निर्देशक समेत रहेका बिष्णु प्रसाद बस्यालसँग आहा खबर डटकमका लागि अर्जुन भुसालले सुविधानगर, काठमाडौंस्थित कार्यालयमा गरेको कुराकानीका प्रमुख अंशहरु :

 

तपाईं भारतमा बसेर त्यहाँको शेयर बजारलाई समेत नजिकबाट नियाल्नुभएको छ । कस्तो छ उतातिरको बजार ?  

भारतको शेयर बजार निकै नै फराकिलो र परिपक्व भैसकेको छ । त्यहाँ एकैपटक ठूलो भोल्यूममा कारोबार हुन्छ । अहिले भारतको शेयर मार्केटमा १० हजारभन्दा बढी त लिस्टिङ कम्पनीहरु मात्रै छन् । जसमा रियल स्टेट कम्पनीहरुको संख्या पनि ठुलो छ । अहिले हाम्रो देशको शेयर बजारमा निकै चर्चाको विषय बनेको ‘अनलाईन टे«डिङ’ प्रणाली त्यहाँ यसभन्दा निकै अघिदेखि नै लागू भैसकेको सर्वविदितै छ ।

यस्तै, त्यहाँको शेयर बजार नयाँ प्रविधियुक्त समेत छ । अनलाइन, एल्गो ट्रेडिग, शर्ट सेलिङ वा वायदा बजार, फ्यूचर मार्केट लगायतका प्रणालीले त्यसको पुष्टि गर्छ । त्यसैगरी प्यान नंम्बर तथा बैंक खाता लगायत नभईकन उतातिर शेयर मार्केटमा लगानी गर्न समेत पाइदैन । तसर्थ, उतातिरको बजार भनेको अन्तर्राष्ट्रियस्तरकै बजार हो । मुख्य कुरा के भने त्यहाँ सिस्टमले काम गर्छ । सबै कामहरु पारदर्शी ढंगले हुन्छन् । 

नेपालको शेयर मार्केटलाई यहाँले कसरी मुल्याङ्कन गर्नुहुन्छ ?

यहाँको बजारमा मैले देखिरहेको छु की – सुचीकृत भएका अधिकांश कम्पनीको बजार मुल्य तिनीहरुले जारी गर्ने बोनस र हकप्रद शेयरले बढी निर्धारण गरिरहेको छ । यो भनेको लगानीकर्ताको अपरिपक्कता नै हो । यस्तो ‘ट्रेण्ड’ रहेको बजारमा लगानीकर्ताहरु पछि गएर फस्ने जोखिम पनि उत्तिकै रहन्छ । 

सामान्यतया यहाँ कम्पनीको कमाई वा कम्पनी कुन दिशामा गइरहेको छ भन्ने कुरालाई त्यति प्राथमिकताका साथ हेरेको मैले पाएको छैन । भइहालेमा पनि त्यस्ता लगानीकर्ताको सँख्या तुलनात्मक हिसाबले निकै कम छन् । वास्तवमा भन्ने हो भने लगानीर्ताले त कम्पनीको ‘रियल अर्निङ्ग’लाई पो हेर्ने हो त । जस्तो उदाहरणका लागि भारतको बजारमा कम्पनीले जारी गर्ने हकप्रद वा बोनस शेयरले त्यसको बजार मुल्यमा त्यस्तो कुनै फरक पार्दैन । त्यहाँका लगानीकर्ताहरु कम्पनीको ‘पर्फमेन्स’् वा उनीहरुले लगानीकर्तालाई दिने ‘रिटर्न’ का बारेमा बढी सचेत छन् । 

नेपालमा शेयर बजारको वर्तमान अवस्थालाई तपाईंले कसरी लिनुहुन्छ ? 

अहिले नेपालको शेयर मार्केटमा ज्यादा ‘सेलिङ प्रेसर’ छ । जस्तो तपाईं उदाहरणका लागि हेर्नुस् जुन दिन नेप्से बढ्छ, त्यसदिन कारोबार रकममा गिरावट देखिन्छ । त्यस्तै, बजार रातो भएको दिनमा हेर्नुभयो भने त्यसदिन ज्यादा कारोबार भएको देखिन्छ । यसबाट हामीले के बुझ्नुपर्यो भने बजारमा नयाँ लगानीकर्ता आइरहेका छैनन् । अझ स्पष्टसँग भन्नुपर्दा बजारबाट केही लगानीकर्ता निस्कने प्रयास गर्दैछन् । तसर्थ म के भन्छु भने नेप्से अझै तल झर्यो भने पनि लगानीकर्ताले अचम्म नमान्दा हुन्छ । त्यसो त मैले आज भन्दा १ वर्ष अघिदेखि नै यो कुरा भन्दै आएको हुँ । 

अहिले नेपालको शेयर मार्केटमा ज्यादा ‘सेलिङ प्रेसर’ छ । जस्तो तपाईं उदाहरणका लागि हेर्नुस् जुन दिन नेप्से बढ्छ, त्यसदिन कारोबार रकममा गिरावट देखिन्छ । त्यस्तै, बजार रातो भएको दिनमा हेर्नुभयो भने त्यसदिन ज्यादा कारोबार भएको देखिन्छ । यसबाट हामीले के बुझ्नुपर्यो भने बजारमा नयाँ लगानीकर्ता आइरहेका छैनन् ।

भूकम्प र त्यसपछि नाकाबन्दी लागेको समयमा पनि बजार परिसुचक यो भन्दा माथि थियो । अहिले त झन् ठूलो जनमतसहितको बलियो सरकार देशले पाएको छ । राजनैतिक स्थिरता आउने देखिएको छ । यस्तो अवस्थामा बजारमा ‘बुलिश ट्रेण्ड’ नै आउनुपर्ने होइन र ? 

हेर्नुस् नेपालको अर्थतन्त्र अहिले अन्यन्तै नाजुक अवस्थामा छ । देशमा फरेन रिजर्भस् घटेको अवस्था छ । नेपालको फरेन रिजर्भस्का २ वटा पिल्लर छन् । पहिलो पर्यटन र अर्को विप्रेषण अर्थात् रेमिट्यान्स । तसर्थ मेरो भनाई के हो भने यी २ वटा पिल्लरलाई कसैले पनि हल्लाउने कोशिश नगरौं । अहिले हेर्नुस् न सरकार खाली पपुलर मात्रै बन्न खोजेको देखिन्छ । कुनै विकल्पको व्यवस्था नै नगरीकन म्यानपावर कम्पनीहरुलाई तर्साइरहेको छ । नीजि क्षेत्र अलमलमा छ । 
 
त्यसोभए नेपाली युवालाई सधैं खाडी मुलुक नै पठाइरहनुपर्छ भन्न खोज्नुभएको हो ? 

हामी आफै आत्मनिर्भर हुन नसकेपछि अरु के उपाय छ त ? पहिला आफ्नो मेरुदण्ड त सोझो पार्नुपर्यो नि हामीले । ठीक छ, रहरले बिदेश जानु बेग्लै कुरा हो । तर बाध्यताले रोजगारीका लागि विदेश जानु पक्कै पनि राम्रो होइन । म पनि स्वदेशमै केही पेशा गर्नुपर्छ भन्ने पक्षमै छु र युवाहरुलाई पनि सल्लाह दिन चाहन्छु । तर यहाँ केही उपाय नचल्नेहरुले चाहिं के गर्ने त ? सरकारले त्यसको केही व्यवस्था गरिदिएको छ ? त्यसैले यहाँनिर मेरो तर्क के हो भने अझै केही वर्ष हामीले दुःख गर्नैपर्छ । हामीले पहिला विकल्प तयार गर्नुपर्छ, अनिमात्रै हाम्रो पालो आउँछ । 

परिवर्तन भनेको फोर्सफूल तरिकाले अर्थात् जबरजस्ती तानेर ल्याउने विषय होइन । त्यसका लागि पहिला पूर्वाधार चाहियो । मलाई लाग्दछ की सरकार इमान्दार भएर लागेको खण्डमा नेपालको अर्थतन्त्रले १/२ वर्ष भित्रैमा ठूलै फड्को समेत मार्न सक्छ । अहिले नै पनि केही सुधारको संकेत देखिसकिएको छ । 

सरकारका वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा पूँजी बजारप्रति त्यति सकारात्मक छैनन् र उनी वर्तमान कम्युनिष्ट सरकारका कठपुतली मात्रै भए भन्ने आरोप समेत कतिपयले लगाउने गरेको सुनिन्छ । यसमा तपाईं के भन्नुहुन्छ ? 

पक्कै पनि यस्तो बेलामा बुझेको अर्थमन्त्री नै चाहिन्छ । यसअघि पनि नेपालको अर्थतन्त्रलाई अत्यन्तै नजिकबाट नियालिसकेका डा. खतिवडा जस्तो व्यक्तिलाई अर्थमन्त्रीमा ल्याउने सरकारको निर्णय मलाई चाहिं ठीक नै लागेको छ । 
अर्थमन्त्री ज्यूको खुबी प्रति म विश्वस्त छु । सबैसँग मिलेर अनि सबैको भावना बुझेर काम गर्न चाहनुभयो भने उहाँले सक्नुहुन्छ । उहाँसँग त्यो क्षमता छ । उहाँ अलिकति नेता जस्तो पनि बन्नु पर्यो र नीजि क्षेत्रलाई पनि विश्वास दिलाउनुपर्यो । सबैलाई हौसला पनि प्रदान गर्नुपर्यो । 

 

बजेटमार्फत पूँजीगत लाभकर बढाएको सरकारले केही अघि लागानीकर्ताबाट हकप्रद र बोनस शेयरमा अग्रिम कर असुल्ने घोषणा गर्नासाथ त्यसको चर्को बिरोध भयो नि ! के त्यो सही थियो त ? 

पक्कै पनि त्यो सही थिएन । त्यसैले त सरकार स्वयम् नै आफ्नो निर्णयबाट पछाडी हट्यो । यद्यपी त्यसको अन्तिम फैसला भने आइसकेको छैन । सरकारले त्यसलाई ‘रिभ्यू’ गर्ने भनेको छ । बजारमा अहिले बिक्रि चाप ज्यादा हुनुको कारण त्यही त्रास पनि हो केही हदसम्म । विशेष गरी ठूला लगानीकर्तामा करको भार कति पर्ला भन्ने डर अहिले पनि कायमै छ । 

कर को अर्थ भन्नु नै नाफामा तिर्ने हो । घाटामा कसले अनि कसरी तिर्ने ? हो, यदि नोक्सान भएको अवस्थामा पनि कर तिर्न पर्छ भने त्यसबिरुद्ध अपिल गर्दै हामी कोर्टमा समेत जानुपर्ने हुन्छ । 

यहाँनिर म के स्पष्ट पारौं भने, कर को अर्थ भन्नु नै नाफामा तिर्ने हो । घाटामा कसले अनि कसरी तिर्ने ? हो, यदि नोक्सान भएको अवस्थामा पनि कर तिर्न पर्छ भने त्यसबिरुद्ध अपिल गर्दै हामी कोर्टमा समेत जानुपर्ने हुन्छ । 

नेपालमा अहिले कम्युनिष्ट विचारधारमा विश्वास राख्ने दलहरु एकीकृत भई निर्माण भएको स्पष्ट बहुमत सहितको सरकार छ । यसबाट कतिपय लगानीकर्ता तर्सिए अनि बजार ओरालो झर्न थाल्यो समेत भनिन्छ नि ?

सर्वप्रथम त म तपाईंलाई याद दिलाइदिउँ की अहिले बजारमा देखिएको बियरिश ट्रेण्ड यसअघिको सरकार छँदादेखि नै शुरु भएको हो । जहाँसम्म अहिले कम्युनिष्ट दलको सरकार आयो भन्ने कुरा छ, यो त राजनैतिक कुरा हो । जनताले नै मत हालेर ल्याएको सरकारसँग डराउनुपर्ने कुनै कारण म देख्दिन । लोकतन्त्रमा फरक आस्था भएका दलहरु फरक–फरक समयमा सरकारमा आउनु स्वभाविकै हो । वास्तवमा लोकतन्त्रको सुन्दरता पनि त्यही नै हो ।  

सरकारमा जुनसुकै दल आएपनि नेपालको अर्थतन्त्रको स्वरुप वा प्रारुप जे भन्नुस् त्यो  भनेको ‘क्पापिटलिस्ट’ नै हो । तसर्थ यहाँको पूँजीवादी अर्थबजारलाई कम्युनिष्टहरुले बिगार्छन् भन्ने तिर नलागौं । अहिले सरकारका बारेमा नेगेटिभ कुरा पनि नगरौं । बनिसकेको बजारलाई बिगारेर कहिल्यै समृद्धी आउँदैन । त्यो कसैले पनि सक्दैन । 

नेपालको शेयर बजारमा सुचीकृत भएका कम्पनीहरुको वर्तमान अवस्था र तिनीहरुको बजारमुल्य हेर्दा त्यो कत्तिको स्वभाविक मान्नुहुन्छ ? 

बजारमा सुचीकृत कम्पनीहरुको कुरा गर्दा यहाँ कतिपयले त ‘व्यालेन्स शीट’ समेत चित्त बुझ्दो तरिकाले नराखेको भेटिएको छ । यहाँका थुप्रै कम्पनीहरुको अवस्थालाई हेर्दा कर्पोरेट गभर्नेन्स्मा पनि समस्या छ । सरसर्ती हेर्दा कैयौं माइक्रोफाइनान्स कम्पनी र गैर जीवन बीमा कम्पनीहरुको मुल्य स्वभाविक भन्दा बढी छ । 

सर्वप्रथम त म तपाईंलाई याद दिलाइदिउँ की अहिले बजारमा देखिएको बियरिश ट्रेण्ड यसअघिको सरकार छँदादेखि नै शुरु भएको हो । जहाँसम्म अहिले कम्युनिष्ट दलको सरकार आयो भन्ने कुरा छ, यो त राजनैतिक कुरा हो । जनताले नै मत हालेर ल्याएको सरकारसँग डराउनुपर्ने कुनै कारण म देख्दिन । लोकतन्त्रमा फरक आस्था भएका दलहरु फरक–फरक समयमा सरकारमा आउनु स्वभाविकै हो । वास्तवमा लोकतन्त्रको सुन्दरता पनि त्यही नै हो ।

तसर्थ, अहिलेको अवस्थामा तुलनात्मक हिसाबले बैंकिङ्ग क्षेत्र अन्यभन्दा लगानीका लागि सुरक्षित देखिन्छ । 
अहिलेको अवस्थामा बजार यो भन्दा अझै झरेर नेप्से हजार वा ९ सयको लेबलमा आइहालेमा पनि अचम्म नमान्दा हुन्छ । किनकी नेपालमा स्टक मार्केटको सुरुवात भएयता समय–समयमा बजार घटेर ‘बटम’ लाग्ने र त्यसको केही वर्षमै सो ‘बटम’ लेबलको ५ गुणा वा ६ गुणासम्म बजार माथि उक्लिएको देखिन्छ । तसर्थ, प्रविधिक विश्लेषणबाट हेर्दा सन् २०२४ सालसम्ममा नेप्सेले ६ हजारको आँकडा समेत पार गर्ने देखिन्छ । हाम्रो यहाँको शेयर बजारको इतिहासलाई हेर्दा अबको ६ वर्षभित्रमा बजार निकै माथि जाने देखिन्छ । यो मेले भनेको भन्दा पनि प्रविधिक विश्लेषणले नै देखाएको कुरा हो । 

पूँजी बजारमा पनि इतिहास दोहोरिन्छ र ? 

संसारका जुनसुकै देशको पूँजी बजारलाई अध्ययन गरेर हेर्नुभयो भने इतिहास दोहोरिएको नै पाउनुहुन्छ । टाढा किन जानुपर्र्यो र ? हाम्रो नेपालकै बजारको सुरुदेखिको ‘ट्रेण्ड’लाई हेर्नुभयो भने पनि हरेक ४ देखि ६ वर्षको अवधिभित्र बजारमा ‘बटम’ लाग्ने अनि त्यसको केही वर्षमै बजारमा फेरी ठूलै ‘उछाल’ आउने गरेको भेटिन्छ । तसर्थ, तथ्यमै आधारित भएर भन्न सकिन्छ की अन्य कुरा सामान्य रहेमा अबको केही वर्षमै नेपालको शेयर बजारमा ठूलो ‘उछाल’ आउनेवाला छ । 

अब तत्काल के भयो भने चाहि बजार बढ्ला ?

यहाँ नियालेर हेर्ने हो भने धेरै कुराको सिस्टम बस्न अझैं बाँकी नै छ । उदाहरणका लागि नेप्से इण्डेक्सको ‘मेथड’ कुन हो भन्ने नै सार्वजनिक गरिएको छैन । अन्य विकसित मुलुकमा त्यहाँको इण्डेक्सको हिसाब हामीले पनि निकाल्न सक्छौं, तर यहाँको सकिदैन । त्यस्तै, चाहिएको बेला निश्चित डाटा भेट्ने अवस्था पनि छैन ।

अहिलेको अवस्थामा बजार यो भन्दा अझै झरेर नेप्से हजार वा ९ सयको लेबलमा आइहालेमा पनि अचम्म नमान्दा हुन्छ । किनकी नेपालमा स्टक मार्केटको सुरुवात भएयता समय–समयमा बजार घटेर ‘बटम’ लाग्ने र त्यसको केही वर्षमै सो ‘बटम’ लेबलको ५ गुणा वा ६ गुणासम्म बजार माथि उक्लिएको देखिन्छ । तसर्थ, प्रविधिक विश्लेषणबाट हेर्दा सन् २०२४ सालसम्ममा नेप्सेले ६ हजारको आँकडा समेत पार गर्ने देखिन्छ ।

हल्ला सुरु भएको बर्षौं भयो तर, अहिलेसम्म पनि अनलाइन टे«डिङको व्यवस्था लागू हुन सकेको छैन । बजारको अन्तिम निर्णय गर्ने निकाय नेप्से हो की सेबोन हो भन्ने कुरामै थुप्रै विरोधाभाष भेटिन्छन् । हेर्नुस् अहिलेको जमानामा पोलिसी सबैभन्दा ठूलो हो । तर यहाँ त पोलिसीलाई झन् कम्प्लीकेटेड बनाएर नीतिगत भ्रष्टाचार गर्ने बाटो खोजेको जस्तो पो देखिन्छ ।

निर्णय तहमा रहेका व्यक्तिहरुमा इच्छाशक्तिको कमी देखिन्छ । बजार सुधारका लागि थुप्रै काम गर्नुपर्ने देखिन्छ । अनलाईन टे«डिङको कुरा गरेर यहाँ सधै हल्ला मात्रै चलाइन्छ तर त्यति सामान्य कामका लागि पनि लगानीकर्ताहरुलाई वषौंसम्म झुलाएर राखिन्छ । 


बजार विकासका लागि सर्वप्रथम त यहाँको ब्रोकरको ‘नेक्सस्’लाई तोड्नुपर्छ । लाइसेन्स राज खतम हुनुपर्छ । खुल्ला अर्थनीतिको अवधारणाअनुरुप सक्षम व्यक्तिले शेयर कारोबार गर्न वा गराउन पाउनुपर्छ । जुन कुरा लोकतान्त्रिक मुलुकका जनताको संवैधानिक अधिकार समेत हो । 
त्यस्तै, सेबोनले आफूलाई परिभाषित गरोस् की, उसको जिम्मेवारी वा दायित्व के हो भन्ने । 

 

पूँजी बजारको विकासका लागि सरकारले के कस्ता कामहरु गर्नुपर्छ ? 

बजारको विकासका लागि सरकार जति सकारात्मक र गम्भीर हुनुपर्ने हो त्यो देखिदैन । समग्र बजारको विकासका लागि सरकार स्वयम् पनि लाग्नुपर्छ । पूँजी बजार विकसित भएको खण्डमा देशमा नयाँ लगानी भित्रिने सम्भावना थप बढेर जान्छ । बजारको उचित विकास हुँदा त्यसबाट विदेशमा समेत राम्रो म्यासेज जान्छ र त्यसले समग्र देशको अर्थतन्त्रमै टेवा पुर्याउँछ । तसर्थ, बजार सुधारका कुरा केबल भाषणमा मात्र होइन की सरकारको व्यवहारमा पनि देखिनुपर्यो ।

त्यस्तै, सरकारले के पनि बुझ्नुपर्यो भने करको दर बढाएर कर बढी कर संकलन हुने होइन । करको दायरालाई फराकिलो पार्नेतिर लाग्नुपर्यो । करको प्रणालीलाई जति सरल बनायो उति त्यसको दायरा बढ्दै जाने हो ।   

नेपालमा शेयर बजारको भविष्य सुनौलो छ । आशावादी हुने प्रशस्त ठाउँहरु छन् । राम्रो कम्पनी छान्नुस्, अहिलेको समय भनेको किन्ने नै समय हो । अहिले बजारमा बैंकहरुको ब्याजदर बढी भएकाले ऋण लिएर भन्दा पनि आफ्नो खल्तीको पैसाबाट लगानी गर्न म सुझाव दिन चाहन्छु । आगामी पुस वा माघ महिनासम्म बजारमा केही ‘डाउन ट्रेण्ड’ रहेतापनि त्यसपछि भने सुधार हुने प्रविधिक विश्लेषणले देखाउँछ ।

सरकारले आफ्ना जनताबाट नाफाको मात्रै कर लिन पाउँछ । अहिले जुन तरिकाले लगानीकर्ताबाट कर उठाइराखिएको छ, त्यो वैज्ञानिक पनि छैन र अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको पनि छैन । यो मेथड नै अवैज्ञानिक छ । ओभरलमा आर्थिक वर्षको अन्तमा वर्षभरिको कारोबारबाट भएको नाफा–घाटा हिसाब गरी लगानीकर्ताले एकमुष्ट कर दिने प्रणालीको विकास गर्नु अपरिहार्य छ । जुन विश्वव्यापी समेत हो । 
क्यापीटल मार्केटमा आज के छ भन्दा पनि भोली के हुँदै छ भन्ने कुराले ठूलो अर्थ राख्छ । असलमा भन्दा यो त एकप्रकारले ‘सेन्टिमेन्ट’को गेम हो ‘मास विहेविययर’ को खेल हो । 

 

अब अन्तिममा आम लगानीकर्तालाई के सुझाव दिन चाहनुहुन्छ ? 

सर्वप्रथम त विगतमा गरेका गल्तीहरुबाट लगानीकर्ताहरुले पाठ सिक्न जरुरी छ । आफूले गल्ती गर्ने वा गलत समयमा बजारमा लगानी गर्ने अथवा खराब कम्पनी छनौट गर्ने अनि बजार घट्यो वा कसैले घटायो भनेर अरुलाई आरोप लगाउने प्रथाको अन्त्य गर्नुपर्छ । सबैले आफ्नो गल्ती स्विकार्नुपर्छ । लगानीकर्ताहरु स–साना हल्लाको पछि लाग्न भएन । कम्पनीको विविध पक्षलाई ध्यान दिएर लगानी गर्नुपर्यो । खाली बोनस र हकप्रदको पछाडी मात्रै लागेर केही हुँदैन ।  

नेपालमा शेयर बजारको भविष्य सुनौलो छ । आशावादी हुने प्रशस्त ठाउँहरु छन् । राम्रो कम्पनी छान्नुस्, अहिलेको समय भनेको किन्ने नै समय हो । अहिले बजारमा बैंकहरुको ब्याजदर बढी भएकाले ऋण लिएर भन्दा पनि आफ्नो खल्तीको पैसाबाट लगानी गर्न म सुझाव दिन चाहन्छु । आगामी पुस वा माघ महिनासम्म बजारमा केही ‘डाउन ट्रेण्ड’ रहेतापनि त्यसपछि भने सुधार हुने प्रविधिक विश्लेषणले देखाउँछ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू