Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

दिपिकाले आफ्नो पारिश्रमिक हिरोहरुको भन्दा बढी बनाएपछि अहिले खाली हात !

दीपिका–कंगना जस्ता नायिकाहरुले १०-१२ करोड लिइरहँदा शाहरुख–सलमानको रेट ५०–६० करोड छ

आईतवार, ३ आषाढ २०७५, सगरमाथा पोष्ट

एजेन्सी, ३ असार 

फिल्म ‘पद्मावत’ को सफलतापछि बलिउड अभिनेत्री दीपिका पादुकोण कुनै फिल्म साइन नगरी बसेकी छिन् ।

दीपिकाले रणवीर सिंहसँग यसै वर्ष विहे गर्न लागेकाले डेट खाली राखेको चर्चा नभएको होइन, तर वास्तविकता अर्कै छ । खासमा उनले यति चर्को डिमान्ड गर्न थालेकी छन् कि कुनै निर्माताले पनि उनलाई लिने आँट गरिरहेका छैनन् । उनी नायकले भन्दा एक रुपैयाँ पनि कम लिन तयार छैनन् ।

बलिउडमा ए ग्रेडका नायक र नायिकाको पारिश्रमिकमा ५ देखि ६ गुणसम्म अन्तर छ । दीपिका–कंगना जस्ता नायिकाहरुले १०(१२ करोड लिइरहँदा शाहरुख–सलमानको रेट ५०–६० करोड छ । यसका साथै उनीहरुले फिल्मको मुनाफामा सेयर पनि लिन्छन् ।

अहिले दीपिका आफूकहाँ अफर लिएर आउने निर्मातालाई स्क्रिप्ट हेर्नुभन्दा पहिल्यै पारिश्रमिकको कुरा गर्छिन् । उनको डिमान्ड सुनेर निर्माताहरु हैरान हुन्छन् । श्रोतका अनुसार उनी २५ करोडभन्दा तलको कुरै गर्दिनन् । एउटा नायिकालाई २५ करोड दिएर खेलाउन कुनै निर्माता तयार हुँदैनन् ।

खासमा निर्देशक सञ्जय लिला भन्सालीले दीपिकाको बानी बिगारेका हुन् । उनले पद्मावतमा हिरोहरुको भन्दा बढि पारिश्रमिक दीपिकालाई दिएका थिए । उनले सो फिल्ममा ११ करोड लिएकी थिइन् । जबकि रणवीर सिंहले ८ करोड र शाहिद कपुरले ४ करोड रुपैयाँ पाएका थिए ।

पारिश्रमिक मात्र होइन, दीपिकाले फिल्मको कथाबस्तु समेत आफ्नो रुचीअनुसार तोडमोड गराउने प्रयास गर्छिन् । यसैगरी अन्य कलाकार छनोटमा पनि हस्तक्षेप गर्न खोज्छिन् । त्यही भएर उनी अहिले खाली हात भएकी हुन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू