Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

फिफा विश्वकप फुटबल

विश्वकप प्रिभ्यु : के पोर्चुगलले रोक्न सक्ला त स्पेनको अपराजित यात्रा ?

इतिहास हेर्ने हो भने दुई टोलीबीच भएका ३५ खेलमा पोर्चुगलले मात्र ६ खेल जीतेको छ भने स्पेनले १६ मा जीत हासिल गरेको छ

शुक्रबार, १ आषाढ २०७५, सगरमाथा पोष्ट

एजेन्सी, १ असार 

रसियामा बिहिबारबाट सुरू भएको २१ औं फिफा विश्वकप फुटबलमा शुक्रबार दुई युरोपेली जायन्ट स्पेन र पोर्चुगल भिड्दैछन्।

ग्रुप 'बी'को यस भीडन्तलाई समूह चरणकै रोमाञ्चाक र प्रतिष्पर्धात्मक खेल मानिएको छ।

पछिल्लो पटक यी दुई आइबेरियन छिमेकी सन् २०१० को विश्वकपमा एकअर्कासँग भिडेका थिए, जसमा स्पेनले पोर्चुगलमाथि १-० को संघर्षपूर्ण जीत हासिल गर्दै पोर्चुगललाई घर पठाइदिएको थियो।

८ वर्षपछि विश्वकपको फुटबल मैदानमा फेरि एक पटक हुन लागेको यी दुईको भिडन्तमा पोर्चुगलको लक्ष्य सन् २०१० को विश्वकपको बदला लिने अवसर हुने छ भने स्पेनको त्यसलाई प्रतिरक्षा गर्ने हुनेछ।

दुई टोली हालसम्म ३५ पटक एकअर्कासँग भिडेका छन् जसमा स्पेनले १६ खेल जितेको छ भने पोर्चुगलले केबल ६ खेलमात्र आफ्नो पक्षमा राखेको छ।

त्यसैले पनि पोर्चुगलमाथि जीतको आँकडा थप्ने दबाब छ भने स्पेनलाई जीतको संख्या थप्ने चुनौती छ।

सोचीको फिस्त ओल्म्पिक रंगशालामा नेपाली समयअनुसार राति ११.४५ मा हुने खेलमा पोर्चुगल आफ्ना स्टार स्ट्राइकर क्रिश्चियानो रोनाल्डोको मुख्य भरमा छ भने स्पेनी टोली आफ्नो चर्चित खेल शैली 'टिकीटाका'मा भर पर्नेछ।

युवा तथा अनुभवी खेलाडीले भरिएको स्पेनी टोलीमा दुई दिनअघि भएको प्रशिक्षकको बर्खास्तीले केही प्रभाव पार्ने अनुमान गरिएको छ। 

प्रशिक्षक जुलेन लोपेतेगीको सट्टामा जारी विश्वकपमा फर्नान्डो हिएरो स्पेनी टिम सम्हाल्न आइपुगेका छन्।

त्यस्तै स्पेनी टोली मानसिक रूपले पनि बलियो रहेको बताइन्छ।

सन् २०१० को विश्वविजेता स्पेनका लागि वर्तमान युरो कप विजेता पोर्चुगल कडा चुनौती हो।

पोर्चुगलका फुटबल प्रशिक्षक फर्नान्डो सान्तोषको नजरमा स्पेन पनि बलियो टोली हो।

यसका बाबजुद् पनि पोर्चुगल उत्कृष्ट नतिजा निकाल्दै विश्वकप जित्ने मनोबल र लक्ष्यका साथ रसिया आएको छ।

पछिल्ला २० खेलको अपराजित यात्राले पनि स्पेनको मनोबल बलियो छ।

स्पेनको मनोबल उच्च भए पनि विश्वकपको एक दिन अगाडि टिम सम्हाल्ने मूख्य जिम्मेवारी पाएका हिएरोका लागि शुक्रबार हुने पोर्चुगलविरूद्धको खेलमा पहिलो लाइनअपका लागि धेरै प्रतिभावान् खेलाडीमध्ये क-कसलाई खेलाउने भन्ने केही कडा निर्णय गर्नुपर्ने अवस्था छ।

उनले ड्रेसिङ रूमलाई निराश नपार्न टोलीमा धेरै परिवर्तन नगर्ने अनुमान गरिएको छ। स्पेनको गोलकिपरमा म्यानचेस्टरका डेभिड डी जिया पहिलो रोजाइमा रहेको स्पेनको ब्याकलाइन भने डेनी कारभाहालको चोटले केही खल्बलिएको छ। उनी टोलीमा रहे पनि आज हुने खेलमा अलभारो ओड्रियाजोला मैदान प्रवेश गर्ने सम्भावना रहेको छ। उनलाई सर्जियो रामोस, जेरार्ड पिके तथा जोर्डी अल्बाले साथ दिनेछन्। 

त्यस्तै स्पेनको डिफेन्सलाई सर्जियो बुस्केट्सले मिडफिल्डबाट सघाउनेछन् भने आन्ड्रेस इनिएस्टाले खेलमा क्रिएटिभिटी ल्याउनेछन्। थियागो अलाकान्ट्रा, कोके, इस्को र डेभिड सिल्भामध्ये एकजनालाई बेन्चमा राख्नु पर्नेछ। 

टिममा डिएगो कोस्टाले टोलीको मुख्य स्ट्राकरको जिम्मेवारी सम्हाल्नेछन्। पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पनि स्पेनलाई बलियो टिम बताएका छन्। तर पनि उनले समूह चरणमा उत्कृष्ट खेलेर पोर्चुगिज टिम अघि बढ्न तयार भएको बताए। 

विश्वकपको इतिहासमा चौथो स्थानभन्दा माथिको उपलब्धि हासिल गर्न नसकेको पोर्चुगलको वर्तमान टोली स्टार खेलाडी रोनाल्डोको अलावा आफ्नो अनुभवी डिफेन्स लाइनको भरमा रहेको छ भने 'फास्ट' स्पेनको एट्याक शैलीले उत्पन्न गराउन सक्ने 'वान टु वान'को अवस्था भने उसका लागि कठिन हुन सक्ने चुनौती उस्तै छ।

 

प्लेयर टु वाच 

क्रिस्टियानो रोनाल्डो, पोर्चुगल

निर्विवाद रुपमा क्रिष्ट्रियानो रोनाल्डो हेर्नलायक खेलाडी हुन् । ३३ वर्ष रोनाल्डो अझै फर्ममा छन् । तर, ४ वर्षपछि के हुन्छ त्यो कसलाई थाहा ? त्यसैले धेरैले रोनाल्डोका लागि यो अन्तिम विश्वकप हुने अड्कल काटेका छन् । यद्यपि रोनाल्डो अर्को विश्वकप पनि खेल्ने बताउँछन् । 

रियल म्याड्रिडका यी स्टार क्लबका लागि जति उत्कृष्ट खेल्छन् । आफ्नो देशका लागि पनि उनले उत्तिकै योगदान गरेका छन् । तर, दुग्भार्य देशबाट खेल्दा ठूला अवसरमा चुक्ने गरेको आरोप उनीमाथि लाग्छ । यस्तोमा आफुमाथि लागेका आरोप चिर्नुपर्ने चुनौती रोनाल्डोमाथि छ । प्रशिक्षक फर्नान्डो सन्तोषको टोलीका बर्नार्डो सिल्भा, आन्दे्र सिल्भा, गिल्सन मार्टिन्सलगायतका खेलाडीको खेल पनि विशेष हुनेछ । 

आन्द्रेस इनियेस्टा, स्पेन

स्पेनका आन्द्रेस इनिस्टाका लागि पनि यो अन्तिम विश्वकप हो । विश्व फुटबलमा सम्भव सबै उपाधि इनिस्टाले जितिसकेका छन् । र पनि यी सिर्जनात्मक मिडफिल्डर आफ्नो यात्रालाई अघि बढाउन चाहन्छन् । सन् २०१० मा स्पेनलाई विश्वकप जिताउने क्रममा उनले फाइनलमा निर्णायक गोल गरेका थिए । सन् २००८ र ०१२ को युरोकपमा पनि उनको प्रदर्शन महत्वपूर्ण थियो । तर, स्पेनिस टोली गत संस्करणको विश्वकपमा समुह चरणबाटै बाहिरियो । उक्त हारलाई बिर्साउन पनि यसपटक इनिस्टाको प्रेरणादायी खेलको खाँचो छ । 

टोलीमा डेनी कार्भाजालको सट्टा अल्भारो अड्रियोजोलाले सुरुवाती एघारमा स्थान बनाउने संभावता धेरै छ । डियगो कोस्टा अग्रपंक्ति तथा इस्को र डेभिड सिल्भा मिडफिल्डमा हुनेछन् । यता, पोर्चुगलको अग्रपंक्तीमा गुडिस र रोनाल्डो हुनेछन् । मध्यपंक्तिमा पेपे र फोन्टेले खेल्नेछन् । मिडफिल्डमा बर्नार्डो सिल्भाको भूमिका महत्वपूर्ण हुनेछ । 

स्पेन

गोलकिपर: डेभिड डी जिया, पेपे रैना, केपा एरिजाबाल्गा डिफेन्डर: जोर्डी अल्बा, नाचो मोनरियल, अल्भारो ओड्रियोजोला, नाचो फर्नान्डेज, डेनी कारभाहाल, जेरार्ड पिके, सर्जियो रामोस, सेसार एजपिलिकेटा मिडफिल्डर : सरजियो बुस्केट्स, इस्को, थियागो अलाकान्ट्रा, डेभिड सिल्भा, आन्ड्रेस इनिएस्टा, साउल निग्वेज, कोके फर्वार्ड: मार्को एसेनसिओ। इएगो आसपास, डिएगो कोस्टा, रोड्रिगो, लुकास भाजक्वेएज

पोर्चुगल

गोलकिपर : एन्थोनी लोपेज, बेटो, रुइ पाट्रिसिओ

डिफेन्डर : ब्रुनो आल्वेस, सेड्रिक सोएरिस, जोसे फोन्टे, मारिओ रुइ, पेपे, राफायल गुएरिरो, रिकार्डो परेरा, रुबेन डिएस मिडफिल्डर : एड्रियन सिल्भा, ब्रुनो फर्नान्डेस, जोआओ मारिओ, जोआओ मौटिन्हो, म्यानुएल फर्नान्डेस, विलियम कारवाल्हो

फरवार्डस् : आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, क्रिष्टियानो रोनाल्डो, गेल्सन मार्टिन्स, गोन्सालो गेडिस, रिकार्डो क्वारेस्मा‍।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू