Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नाका रसुवागढीबाट सामान आउने क्रम शुरु

निर्माणका लागि हालै २६ वटा टिपर र दुईवटा पानी ट्याङ्कर रसुवागढी नाकामा आइसकेकामा १४ वटा टिपर चिनियाँ नाका पार गरी रसुवा आइपुगेको जानकारी

बिहीवार, ३१ जेष्ठ २०७५, – वासुदेव पौडेल .

पोखरा, ३१ जेठ 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ नेपाल र चीनबीचको सीमा नाका रसुवागढीबाट सामान आउने क्रम शुरु भएको छ । 

निर्माणका लागि हालै २६ वटा टिपर र दुईवटा पानी ट्याङ्कर रसुवागढी नाकामा आइसकेकामा १४ वटा टिपर चिनियाँ नाका पार गरी रसुवाको घट्टेखोला आइपुगेको चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङतर्फबाट रसुवागढी भन्सार प्रतिनिधि दोर्जे तामाङले बताए । 

उनका अनुसार अन्य १२ वटा टिपर र दुईवटा पानी ट्याङ्कर चिनियाँ भन्सार कार्यालयबाट नेपाल आउने प्रक्रियामा छन् । 

विमानस्थल निर्माणकै लागि अन्य ४० वटा निर्माणका सवारीसाधन केरुङ आइसकेको बताउँदै उनले ती सामग्री पनि केही दिनमा नै प्रक्रिया पुर्याएर नेपाल ल्याइने बताए । 

चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकले विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन गरेसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेकामा सन् २०२१ जुलाई १० मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएकोे छ । 

चिनियाँ निर्माण कम्पनीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आठ प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको विमानस्थल निर्माण आयोजना कार्यालयका प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । 

चिनियाँ निर्माण कम्पनीमार्फत निर्माणको काम अघि बढिरहेको जानकारी दिँदै कम्पनीका इन्जिनियर अभिषेक उलकले निर्माण सामग्री नेपाल चीनबीचको नाका रसुवागढीबाट आउने क्रममा रहेको जानकारी दिँदै सामान केही दिनमा पोखरा आइसक्ने बताए । 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारको प्राथमिकतामा परेकोे विमानस्थल २०७३ वैशाख १ गते शिलान्यास गरिएको थियो । 

चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीचको सम्झौताअनुसार इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ । 

चार दशकअघि पोखरा लेखनाथ महानगरपालिकाको १४, १५ र १८ वडा को तीन हजार १०६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएकामा त्यसले नपुगेपछि थप ५२१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । 

पोखरेली जनताले लामो समयदेखि गरेको संघर्षको उपलब्धिस्वरुप निर्माण प्रक्रिया अघि बढेकामा विज्ञ समूहको नाममा पोखरा विमानस्थल निर्माणमा हालै जारी प्रतिवेदनले विमानस्थल निर्माण सम्बन्धमा अन्योल सिर्जना गरेको थियो । 

प्रतिवेदनका सम्बन्धमा पोखरा उद्योग वाणिज्य संघसहित विभिन्न राजनीतिक दलबाट त्यसको विरोध गरिएको थियो । 

विमानस्थल निर्माणको काम नै सञ्चालन भइरहेको बताउनुहुने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे सरकार आफैँले ऋण लिएर काम गरेको र धेरै काम बढिसकेका अवस्थामा निर्माण प्रभावित हुन्छ कि भनेर अलमलमा पर्न नहुने बताए । 

निर्माणको काम बढिरहेको र निर्माण सामग्री आउने क्रम पनि बढिरहेको उल्लेख गर्दै उनले निर्माण कार्य समयमा नै सकिने धारणा व्यक्त गरे । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई पोखरासहित समग्र प्रदेश नं ४ र राष्ट्रकै समृद्धिका लागि महत्वपूर्ण बन्ने विश्वास गरिएको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू