Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

‘गजेडी ताल’ पर्यटकीय गन्तव्य बन्दै, आन्तरिक तथा बाह्य पर्यटकको समेत आकर्षणको केन्द्र !

तालको सुन्दरता संरक्षणमा ध्यान दिनसके सो ताल स्थानीयवासीका लागि जीविकोपार्जनको माध्यम बन्ने अपेक्षा

आईतवार, २० जेष्ठ २०७५, सगरमाथा पोष्ट

रुपन्देही, २० जेठ

सिमसार क्षेत्रमा सूचीकृत जिल्लाको ‘गजेडी ताल’ पर्यटकीय गन्तव्य बन्दै गएको छ । 

आन्तरिक पर्यटकको घुइँचो लाग्ने उक्त ताल बाह्य पर्यटकको समेत आकर्षणको केन्द्र बनेको स्थानीय भरतमणि सापकोटाले बताए । 

तालको सुन्दरता संरक्षणमा ध्यान दिनसके सो ताल स्थानीयवासीका लागि जीविकोपार्जनको माध्यम बन्ने उनको भनाइ छ । ताल आसपास निर्माण हुने थप संरचनाले प्राकृतिक सुन्दरता बढाउन मद्दत मिल्नेछ । 

तेह्र हेक्टर क्षेत्रफलमा रहेको सो ताल सिमसार क्षेत्र भएकाले यहाँ विभिन्न प्रजातिका चरासमेत देखिने गरेको स्थानीय समयमाई सामुदायिक वनका अध्यक्ष मीनबहादुर थापा बताउछन् । तालमा चेलवा, धवई, भोटी, पाते सिद्रा, गाई सिद्रा, पडेनी, अन्धाबामलगायतका स्थानीय प्रजातिका माछा र हाँस, बकुल्ला, बट्टै, तित्रालगायत लोपोउन्मुख चराको उपस्थिति रहन्छ । 

समयमाई सामुदायिक वन र समयमाई गजेडी दानापुर ताल तथा पर्यटन प्रवद्र्धन विकास केन्द्र नामक गैरसरकारी संस्थाले सामान्य पूर्वाधार निर्माणको काम गरेको उक्त क्षेत्रमा अब प्रदेश सरकारले समेत चासो देखाएको छ । सो तालको केही दिनअघि अवलोकन गरेर प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले जानकारी लिएका  थिए । 

तालको विकासका लागि गुरुयोजना आवश्यक भएकामा जोड दिँदै मुख्यमन्त्री पाखरेलले सिमासार क्षेत्र वा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नेबारे स्थानीयवासी स्पष्ट हुनुपर्ने बताए । 

प्रदेश नं ५ का उद्योग, वन तथा वातावरणमन्त्री लीला गिरीले दानापुरलगायतका क्षेत्रमा होमस्टेको स्थापना गरेर पर्यटकको बसाइँ लम्ब्याउन सकिन्छ भने । 

त्यस्तै सैनामैनाको गंगानगरस्थित लामीरहमा प्रस्तावित बहुउद्देश्यीय जलाशय पार्क, गैँडाहवाको गैँडाहवा ताल, गैँडाहवाकै लखनौटीस्थित तुलसीहवा तालसहित विभिन्न सिमसार क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने विषयमा अध्ययन, अनुसन्धान हुन थालेको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू