एजेन्सी, १८ जेठ
अभिनेत्री करिना कपुर ड्रेसअपको मामलामा निकै चलाख छिन् । कहाँ जाँदा कस्ता ड्रेस लगाउने भन्ने कुरा उनलाई कसैले सिकाइरहनुपर्दैन ।
त्यति मात्रै होइन, उनले जस्तो ड्रेस लगाए पनि कसैले हस्तक्षेप नगर्ने गरेको खबर आउने गरेको छ । यतिसम्म कि सैफअलीले समेत करिनालाई ड्रेसअपका मामलामा स्वतन्त्र छाडेको बताइने गरिएको छ ।
तर, अहिले कुरा अर्कै आएको छ । सैफले करिनाले लगाएको एउटा ड्रेसप्रति आपत्ति जनाएका रहेछन् । यो कुराको खुलासा करिनाले हालै एउटा अन्तर्वार्तामा गरेकी हुन् ।
करिना अचेल जुन १ मा प्रदर्शन हुने आफ्नो कमब्याक फिल्म वीरे दी वेडिङको प्रमोसनमा व्यस्त छिन् । सोही क्रममा उनले लगाएको कालो रंगको वान पिस ड्रेसप्रति सैफले आपत्ति जनाउन पुगे ।
त्यो ड्रेसमा करिना निकै हट देखिएकी थिइन् । सैफले उनलाई तिमीले यस्तो ड्रेस किन लगाएको ? चेन्ज गर भनेर आदेश दिएछन् । सैफले जीवनमै पहिलोपटक आफ्नो ड्रेसको विषयलाई लिएर असन्तुष्टि जाहेर गरेको करिनाले बताएकी छिन् ।