Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु न्यायाधीश चुुँडाल र सुवेदीबाट शपथ

बलिउड

भद्दा जोकमा खित्खिताएर हाँस्दा ट्रोलको सिकार भइन् कंगना !

उनको एउटा भिडियो भाइरल भइरहेको छ, जसलाई लिएर भारतीयहरुले उनलाई ट्रोल गर्न थालेका छन्

शुक्रबार, ४ जेष्ठ २०७५, सगरमाथा पोष्ट

एजेन्सी, जेठ ४ 

बलिउडका केही नायिकाहरु फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिबलमा खुबै छाए । खासगरी उनीहरुको पहिरनको चर्चा भयो ।

तर, सोही फेस्टिबलमा पुगेकी नायिका कंगना भने विवादमा परेकी छिन् । उनको एउटा भिडियो भाइरल भइरहेको छ, जसलाई लिएर भारतीयहरुले उनलाई ट्रोल गर्न थालेका छन् । यो भिडियोमा कंगनालाई एउटा भद्दा जोक सुनेर खित्खिताउँदै हाँसिरहेको देखिन्छ ।

कंगना अभिनेता जिम सरभसँग गफिइरहेकी हुन्छिन् । सरभले उनलाई एउटा जोक सुनाउँछन् ।

‘एक व्यक्तिले भने- रक्सी छुनुभन्दा म १२ जना वेश्याहरुको बलात्कार सहन तयार छु ।’

नजिकै रहेका पञ्जाबीले भने, ‘म पनि तयार छु । तर मलाई थाहा थिएन कि यस्तो अप्सन पनि हुन्छ ।’

यत्तिमै कंगना खित्खिताइन् । आफूलाई महिलावादी भन्ने अभिनेत्रीले महिलाको अपमान गरेको जोकमा हाँसेको भन्दै उनको आलोचना भएको छ ।

केही समयअघि नायक सलमान खानले ‘फिल्म निर्माण गर्न बलत्कार गर्नभन्दा गाह्रो रहेको’ अभिव्यक्ति दिँदा कंगनाले नारीको अपमान भएको भन्दै जमेर उनको आलोचना गरेकी थिइन् । अहिले उनी आफैं यस्तै खालको जोकमा हाँसिन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू