Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

डेढसयले सगरमाथा आरोहण गरे, बिहिबार आरोहण गर्नेमा आठ नेपाली र आठ विदेशी

यस वर्षको वसन्त ऋतुमा १५ जना नेपाली महिलासहित ३४६ जनाले सगरमाथा आरोहणका अनुमति लिएका छन्

शुक्रबार, ४ जेष्ठ २०७५, सगरमाथा पोष्ट

सल्लेरी, सोलुखुम्बु, ४ जेठ :

सगरमाथा आरोहणको पाँचौ दिन १८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । 

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएका दुई समूहका १८ जानाले शिखरमा पाइला टेक्न सफल भएको सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । 

बिहिबार आरोहण गर्नेमा आठ नेपाली र आठ विदेशी रहेको उनले बताए । आजसम्मको तथ्याङ्कअनुसार यस वर्ष १५९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । 

सबैभन्दा बढी बुधबार एकैदिन ९४ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । 

यस वर्षको वसन्त ऋतुमा १५ जना नेपाली महिलासहित ३४६ जनाले सगरमाथा आरोहणका अनुमति लिएका छन् । 

दोर्जीबाट १५ औं पटक शिखरमा 

दोर्जी ग्याल्जेन शेर्पाले १५ आँै पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । बिहिबार  बिहान ७ः३० बजे शेर्पाले सगरमाथाको सफल आरोहण गरेको सगरमाथा आधार शिविरबाट एचजी एभरेष्ट एक्सपिडिसन कम्पनीका मेनेजर भीम विश्वकर्माले जानकारी दिए । 

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का दोर्जीसहित अन्य दर्जनौ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । 

पासाङ हिलाले पनि आठौँ पटक शिखरमा 

त्यसैगरी खुम्बु पासङल्हमु गाउपालिका–४ का पासङ हिला शेर्पाले पनि आठौँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको आधारशिविरबाट मेनेजर विश्वकर्माले जानकारी दिनुभयो । अहिले अधिकांश आरोही क्याम्प २, ३ र ४ मा पुगेर शिखर जाने तयारी जुटेका छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू