Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

कस्को कति!

बलिउडका सबैभन्दा धनी १० हिरोइन जसलाई ‘बलिउड रिचेस्ट क्वीन’ भनेर पनि चिनिन्छ

शुक्रबार, २८ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौं, २८ बैशाख

बलिउडको व्यापार कैयौं देशमा फलिएको छ र यहाँ काम गर्नेहरु निकै सुविधासम्पन्न जीवन बाँच्छन् । यद्यपि बलिउडमा आएका कैयौं कलाकारमध्ये केही सुपरस्टार बने भने केही फ्लप भएर अर्कै काममा लागे । आज कुरा गरौं बलिउडका सबैभन्दा धनी हिरोइनको बारेमा जसलाई ‘बलिउड रिचेस्ट क्वीन’ भनेर पनि चिनिन्छ ।

१। अमिषा पटेलः ब्लकबस्टर फिल्म गदर एक प्रेम कहानी बाट डेब्यू गरेकी अमिषा पटेल पछिल्लो समय फिल्मबाट टाढा छिन् तर सामाजिक संजालमा आफ्ना बोल्ड फोटो शेयर गर्दै उनी चर्चामा रहन्छिन् । अमिषाको सम्पत्ति ३० मिलियन डलर रहेको बताइन्छ ।

२। ऐश्वर्या राय बच्चनः बलिउड हिरोइनमध्ये सबैभन्दा धनी बच्चन परिवारकी बुहारी ऐश्वर्या राय बच्चनलाई मानिन्छ । ५ वर्ष फिल्मबाट टाढा रहेर पनि हिट रहेकी ऐश्वर्यासँग ३५ मिलियन डलरभन्दा बढीको सम्पत्ति रहेको बताइन्छ ।

३। काजोलः डिडिएलजे गर्ल काजोल यो सूचीमा चौथो स्थानमा छिन् । फिल्ममा दमदार अभिनयका कारण परिचित काजोल पछिल्लो समय बलिउडका सिंघ अजय देवगनसँग विवाहित जीवन बिताइरहेकी छिन् । काजोलसँग १६ मिलियन डलरको सम्पत्ति भएको बताइन्छ ।

४। प्रियंका चोपडाः बलिउडकी सबैभन्दा धेरै पारिश्रमिक लिने हिरोइन प्रियंका चोपडा पछिल्लो समय हलिउडबाट चर्चित हुन थालेकी छिन् । अहिले समेत हलिउड शो क्वान्टिकोमा व्यस्त प्रियंकाको सम्पत्ति ८ मिलियन डलर छ ।

५। करिष्मा कपुरः ९० को दशकको हिट हिरोइन करिष्मा कपुर पछिल्लो समय फिल्मबाट केही टाढा छिन् । आफ्नो समयमा गोविन्दासँगको जोडीका कारण निकै हिट करिष्माको सम्पत्ति १२ मिलियन डलर छ ।

६। डिम्पल कपाडियाः बलिउड सुपरस्टार रहेका राजेश खन्नाकी पत्नी तथा आफ्नो समयकी चर्चित हिरोइन डिम्पल कपाडिया यो सूचीमा छैटौं नम्बरमा आउँछिन् । फिल्म बबीबाट बलिउड करिअर सुरु गरेकी कपाडिया अहिले पनि केही फिल्ममा देखिन्छिन् । उनको सम्पत्ति १० मिलियन डलर छ ।

७। प्रिती जिन्टाः एक समय कंगाल बन्ने अवस्थामा पुगेकी हिरोइन प्रिती जिन्टा अहिले भने धनी हिरोइनको सूचीमा आठौं नम्बरमा पर्छिन् । आज उनको आइपिएल टिम पनि छ । उनको सम्पत्ति १० मिलियन डलर छ ।

८। इलियाना डिक्रुजः दक्षिण भारतीइ फिल्मबाट चर्चामा आएसँगै बलिउडमा बर्फीमार्फत आएकी इलियाना अहिले टप हिरोइनमा गनिन्छिन् । उनको सम्पत्ति १४ मिलियन डलर छ ।

९। मल्लिका शेरावतः आफ्नो समयकी सुपरहिट हिरोइन मल्लिका शेरावत हलिउडसम्म पुगिसकेकी छिन् । फिल्म मर्डरबाट निकै चर्चा कमाएकी उनको कूल सम्पत्ति १० मिलियन डलर भएको बताइएको छ ।

१०। अमृता रावः विवाह फिल्मकी सुपरहिट हिरोइन अमृता रावको बलिउड करिअर त्यति लामो समय चलेन । त्यसपछि उनी तेलुगु फिल्मतिर लागिन् । अमृतासँग करिब २० मिलियन डलरको सम्पत्ति रहेको अनुमान गरिएको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू