Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

लोक आइडलका लागि रु ३० लाख पुरस्कार राशिको घोषणा

सार्थक डिजिटल म्युजिक प्रालिको आयोजनामा हुने उक्त कार्यक्रममा आगामी साउनदेखि सातै प्रदेशमा गायक छनोट प्रक्रिया शुरु गरिने

सोमबार, २४ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, २४ वैशाख :

मुलुकमा स्वदेशी गीत तथा संगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाल लोक आइडल २०७५’ का लागि प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ३० लाख, रु १५ लाख र रु १० लाख पुरस्कार घोषणा गरिएको छ । 

सार्थक डिजिटल म्युजिक प्रालिको आयोजनामा हुने उक्त कार्यक्रममा आगामी साउनदेखि सातै प्रदेशमा गायक छनोट प्रक्रिया शुरु गरिने आइडलका संयोजक जीवन पन्तले जानकारी दिए । 

लोक संस्कृतिका आधारमा स्थानीय विज्ञ, निर्णायकद्वारा पहिलो चरणमा प्रत्येक प्रदेशबाट १०/१० जनालाई छनोट गरिनेछ भने पहिलो चरणमा सबै प्रदेशमा प्रतिभाको छनोट भएपछि ७० जनालाई काठमाडौँमा ल्याएर उच्च तहको तालीम उपलब्ध गराइनेछ । 

लोक संस्कृतिका आधारमा स्थानीय विज्ञ, निर्णायकद्वारा पहिलो चरणमा प्रत्येक प्रदेशबाट १०/१० जनालाई छनोट गरिनेछ भने पहिलो चरणमा सबै प्रदेशमा प्रतिभाको छनोट भएपछि ७० जनालाई काठमाडौँमा ल्याएर उच्च तहको तालीम उपलब्ध गराइनेछ । 

आइडलले जन्माएका प्रतिभाहरुले भविष्यमा लोक गीत–संगीतको संरक्षणका लागि आफूलाई समर्पित बनाउने विश्वास गरिएको छ । 

लोक आइडलले देश–विदेशमा हुने कार्यक्रममा नेपाली लोक संस्कृतिको संरक्षणमा भूमिका निर्वाह गर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सदस्य तथा गायक शिव हमालले विश्वास व्यक्त गरे । 

नेपाली लोक संस्कृति संरक्षण तथा लोक गीतको मर्म र भावनालाई बचाउनमा यस आइडलको महत्व रहेको आयोजकले जनाएका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू