Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

विश्व किर्तिमानी धावक बैकुण्ठ मानन्धर अष्ट्रेलियामा सम्मानित

स्वास्थ्य नै महत्वपुर्ण भएकाले आफुलाई तन्दुरुस्त राख्नका लागि दौडनु महत्वपुर्ण हुने मानन्धरको भनाइ

शनिबार, २२ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौँ २२, बैशाख :

खेलकुदको माध्यमबाट नेपाललाई विश्वमा चिनाउन मद्दत पुऱ्याएको भन्दै नेपालका किर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई सिड्नीमा सम्मान गरिएको छ । अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिएको पदयात्रा कार्यक्रममा सहभागी हुन गएका मानन्धरलाई ओलम्पिक पार्कमा शनिबार नगद सहित सम्मान गरिएको हो । 

खेलकुदको माध्यमबाट नेपाललाई विश्वमा चिनाउन मद्दत पुऱ्याएको भन्दै २ हजार ५ सय डलर (करिब २ लाख रुपैया) सहित उनलाई सम्मान गरिएको हो । उनलाई गुठी अष्ट्रेलियाले समेत थप ८ सय डलर (करिब ७० हजार रुपैया) सहित सम्मान गरेको थियो । नेपाली खेलकुद क्षेत्रमा म्याराथानबाट किर्तिमान राखेका उनले शनिबार सिड्नीमा आयोजना गरिएको बृहत पदयात्रामा समेत सहभागिता जनाएका थिए ।

चितवन समाज अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रमको मुख्य उद्देश्य मानन्धरलाई सम्मान गर्ने र स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउने रहेको आयोजकले जनाएको छ । दुईदिनअघि श्रीमतीका साथ सिड्नी पुगेका मानन्धरलाई पदयात्रामा २ सय बढी सिड्नीवासी नेपालीले साथ दिएका थिए । बिहानै नेपाली झण्डासहित सिड्नीको ओलम्पिक पार्क पुगेका उनीहरुले ३ किलोमिटर बढी पदयात्रा गरेका थिए ।

पदयात्रापछि आयोजना गरिएको कार्यक्रममा मानन्धरले आफुले म्याराथानको तालिम र प्रतिष्पर्धाको क्रममा भोगेका अनुभव सुनाएका थिए । उनले स्वास्थ्य महत्वपुर्ण भएकाले आफुलाई तन्दुरुस्त राख्नका लागि दौडनु महत्वपुर्ण भएको समेत बताए ।

साफ खेलमा लगातार ३ पटकसम्म म्याराथनको उपाधि हात पारेका उनले सन् १९५७ मा राखेको विश्व रेकर्ड अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन । कार्यक्रममा अवैतनिक महावाणिज्यदुत दीपक खड्का, इन्दिरा वन, नन्द गुरुङ, छविलाल सापकोटा, संजीव पाण्डे लगायतका ब्यक्तिहरुले शुभकामना दिएका थिए ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू