Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

एन्फाको नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुँदै, महिला सदस्यमा भने पेमा लामा निर्विरोध निर्वाचित

साधारण सभाको उद्घाटन गर्दै मन्त्री विश्वकर्माद्वारा राष्ट्रको गौरव बढाउने खेलकूद क्षेत्रको विकासका लागि सरकारबाट सक्दो सहयोग हुने प्रतिबद्धता

शनिबार, २२ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, २२ वैशाख :

ललितपुरमा शनिबार बिहान शुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को १६ औं साधारण सभाले साँझ सम्ममा नयाँ नेतृत्व चयन गर्ने भएको छ । 

एक अध्यक्ष, चार उपाध्यक्ष र ११ सदस्य चयन गर्न आयोजना भएको साधारणसभाको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरे । निर्वाचनमा जिल्ला खेलकूद तथा क्लबका गरी ७७ जनाले मतदान गर्नेछन् । 

अध्यक्ष पदमा दुई, उपाध्यक्षका लागि नौ र सदस्यका निम्ति २९ जना निर्वाचनको मैदानमा होमिएका छन् । महिला सदस्यमा भने पेमा लामा निर्विरोध निर्वाचित हुनुभएको छ । 

साधारण सभाको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले राष्ट्रको गौरव बढाउने खेलकूद क्षेत्रको विकासका लागि सरकारबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । 

सीमित स्रोत र साधनका कारण देशको प्रतिष्ठा बढाउन योगदान गर्ने खेलकूद क्षेत्रमा पर्याप्त लगानी गर्न नसकिएको स्वीकार गर्दै उनले समाजमा सकारात्मक प्रभाव पार्ने खेलकूद क्षेत्रलाई सरकारले उच्च महत्व दिएको बताए । 

एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठको सभापतित्वमा भएको उक्त सभामा सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पारदर्शीता र जवाफदेहिता स्थापित नभएसम्म लोकतन्त्र बलियो हुँदैन भन्दै खेलकूदसँग सम्बन्धित सबै संघ संस्था तथा क्लबका गतिविधि पारदर्शी हुनुपर्नेमा जोड दिए । 

सभामा महासचिव धीरेन्द्र प्रधानले एन्फाका गतिविधिबारे जानकारी दिएका थिए । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू