Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

बन्द अवस्थामा रहेको जिरी विमानस्थल सञ्चालनमा ल्याउन पहल गरिने : पर्यटन मन्त्री अधिकारी

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बुधबार जिरीको भ्रमण गरी पुरानो जिरी विमानस्थल पुनः सञ्चालनमा ल्याउने पहल गर्ने बताएपछि स्थानीयबासी झनै उत्साहित

बिहीवार, २० बैशाख २०७५, सगरमाथा पोष्ट

चरिकोट, २० वैशाख :

जिरी विमानस्थल पुनः सञ्चालनमा आउने आशामा जिरीवासी निकै उत्साहित देखिएका छन् । 

बुधबार जिरीमा पर्यटनमन्त्री पुगेर जिरी एयरपोर्ट स्थलगत अनुगमन गरेपछि यहाँका जनप्रतिनिधि, बुद्धिजीवी, राजनीतिक दल, पत्रकार र स्थानीयबासी निकै उत्साहित बनेका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बुधबार दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीको भ्रमण गरी पुरानो बन्द अवस्थामा रहेको जिरी विमानस्थल पुनः सञ्चालनमा ल्याउने पहल गर्ने बताएपछि स्थानीयबासी झनै उत्साहित बनेका हुन् । 

दोलखाको खरिढुंगामा एक गैरसरकारी संस्थाले निर्माण गरेको विद्यालय भवन उद्घाटनका क्रममा दोलखा आउनुभएका अधिकारीले जिरी एयरपोर्ट पुनः सञ्चालनको सम्बन्धमा स्थलगत निरीक्षण गरेका हुन् । 

जिरी विमानस्थलको धावनमार्ग नजिकै भएको छोटो अन्तक्र्रिया कार्यक्रमकावीच मन्त्री अधिकारीले विमानस्थल पुनः सञ्चालनका लागि आवश्यक पहल गर्न आफू तयार रहेको बताए । जिरी वास्तवमा नै निकै सुन्दर र उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताउँदै जिरी नआउँदा नेपालको घुमफिर अधुरो रहने टिप्पणी गरे । 

 

२०४४ सालमा जिरी—लामोसाँगु सडक निर्माणपछि बन्द भएको हवाई सेवा २०५३ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा नै ४०० मिटर रनवेलाई उत्तरतर्फ बढाइ ६०० मिटर कायम गरी ३० सेमी ग्राभेलिङसमेत गरी पुनः सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार गरी प्रक्रिया अगाडि बढाइएको भए पनि उक्त फाइल मन्त्रालयबाट हराएको र पुनः २०७२ सालमा आनन्दप्रसाद पोखरेल पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा फेरि विस्तृत आयोजना प्रतिवेदन डिपिआरसहित तारा एयरलाइन्सको सफल परीक्षण उडानसमेत भइसकेकाले एयरपोर्ट सञ्चालनका लागि जग्गाको स्वामित्वबाहेक अन्य कुनै प्राविधिक समस्या नरहेको उल्लेख । 

विगतमा हवाई विभागको स्वामित्वमा रहेको जिरी एयरपोर्ट नापीको बेला कृषि मन्त्रालयअन्तर्गत जानु ठूलो भूल भएको बताउँदै अब फेरि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नै ल्याई आन्तरिक हवाई सेवा सञ्चालनका लागि आफूले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । 

उनले विशेषगरी काठमाडौँको हवाई ट्राफिक व्यवस्थालाई सहज बनाउन तथा सगरमाथा, रोल्वालिङ हिमाल लगायत पूर्वी क्षेत्रको पर्वतीय उडानका लागि जिरी एयरपोर्ट उपर्युक्त रहेको बताउनुभयो । उहाँले रामेछापको मन्थलीमा हाल सञ्चालनमा रहेको एयरपोर्ट आवतजावतका लागि ठीक भएता पनि पर्यटकीय दृष्टिकोणले जिरीमा समेत हवाई सेवा सञ्चालन अपरिहार्य रहेको बताए । 

कार्यक्रममा जिरी नगरपालिकाका प्रमुख टंकबहादुर जिरेलले जिरी एयरपोर्ट पुनः सञ्चालनका लागि विगतमा भएको प्रयासबारे जानकारी दिए । उनले २०५२ साल अगाडिसम्म हवाई विभागको स्वामित्वमा रहेको जिरी एयरपोर्ट तत्कालीन नापी टोली प्रमुख र पशु विकास हाकिमको गोप्य मिलेमतोमा हवाई विभागको जमिनसमेत कृषिब्लकअन्तर्गत नापी गरिएकाले हाल एयरपोर्ट सञ्चालनमा समस्या परिरहेको बताए । 

२०४४ सालमा जिरी—लामोसाँगु सडक निर्माणपछि बन्द भएको हवाई सेवा २०५३ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा नै ४०० मिटर रनवेलाई उत्तरतर्फ बढाइ ६०० मिटर कायम गरी ३० सेमी ग्राभेलिङसमेत गरी पुनः सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार गरी प्रक्रिया अगाडि बढाइएको भए पनि उक्त फाइल मन्त्रालयबाट हराएको र पुनः २०७२ सालमा आनन्दप्रसाद पोखरेल पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा फेरि विस्तृत आयोजना प्रतिवेदन डिपिआरसहित तारा एयरलाइन्सको सफल परीक्षण उडानसमेत भइसकेकाले एयरपोर्ट सञ्चालनका लागि जग्गाको स्वामित्वबाहेक अन्य कुनै प्राविधिक समस्या नरहेको उनले जानकारी दिए । 

कार्यक्रममा दोलखाका सांसद पार्वत गुरुङले समेत भौगोलिक तथा पर्यटकीय हिसाबले जिरी उत्कृष्ट रहेको बताउँदै जिरी एयरपोर्ट तत्काल सञ्चालन गर्न आफूले सक्दो प्रयास गर्ने बताए । करीब एक घण्टाको अन्तक्र्रियामा जिरीस्थित राजनीतिकदलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकारलगायतको सहभागिता रहेको थियो । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू