Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु न्यायाधीश चुुँडाल र सुवेदीबाट शपथ

पदमार्ग निर्माण

बाजुराको बडीमालिकामा कालाजग्रा पर्यटन पदमार्ग निर्माण गरिदै

योजना निर्माणले विकासले बडीमालिका नगरपालिका समृद्ध नगर बनाउने र पर्यटक भित्र्याई आर्थिक उपार्जन हुने विश्वास

शुक्रबार, १४ बैशाख २०७५, सगरमाथा पोष्ट

बाजुरा, १४ वैशाख :

बाजुराको बडीमालिका नगरपालिका–७ मा पर्ने कालाजग्रा जानका लागि पर्यटन पदमार्ग निर्माण गरिएको छ । 

नगरपालिकाभित्र रहेको पर्यटनको सम्भावना बोकेको उक्त क्षेत्रमा आउने पर्यटकलाई सहजरुपमा आवतजावत गर्नका लागि पदमार्ग निर्माण गरिएको कालाजग्रा संरक्षण समितिका अध्यक्ष लोकेन्द्रबहादुर रोकायाले बताएका छन् । 

कालाजग्राको फेदीमा परापूर्वकालदेखि रहिआएको गुफाताल अवस्थित छ । उक्त गुफाताल माथि देवीको मन्दिरमा गएर रमाउनका लागि हराभरा फाँट प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ । पर्यटकीय पदमार्गको करीब डेढ घण्टापछि विभिन्न दृश्य अवलोकन गर्न सकिन्छ । कालाजग्रा क्षेत्रमा रहेको वनमा चिर कालिजसमेत पाइने गरेको अध्यक्ष रोकायाले बताए । 

बडीमालिका नगरपालिकाको रु ५ लाख आर्थिक सहयोगमा निर्माण भएको बडीमालिका नगरपालिका उपप्रमुख कविता विष्टले बताएकी छिन् । निर्माण गरिएको पर्यटक पदमार्गको नगर उपप्रमुख विष्टले बिहीबार अनुगमन गरेका थिए । 

पर्यटकीय अनुगमनका क्रममा उपप्रमुख विष्टले ७ नं वडामा निर्माण सम्पन्न भएका र निर्माणाधीन अवस्थामा रहेका योजनाको अवलोकन गरेको कार्यबाहक वडाध्यक्ष धनलाल पाध्यायले जानकारी दिएका छन् । 

उनले दिएको जानकारीअनुसार उपप्रमुुखले भोटेवाडादेखि गुम्बासम्मको बाटो निर्माण, ढम्कनेमा निर्माण गरिएको आलु भण्डारण र सरस्वती आधारभूत विद्यालयको पर्खाल निर्माण, बझांगी बाटो भिरखोलाको बाटो निर्माणको अनुगमन गरेको पाध्यायले बताए । 

विष्टले योजना निर्माण दिगो विकासलाई टेवा पुग्नेगरी गरेको बताएका छन् । उनले योजना निर्माणले विकासले बडीमालिका नगरपालिका समृद्ध नगर बनाउने बताए । स्थानीयले गरेको योजना निर्माण कार्यको उप–प्रमुखले प्रशंसासमेत गरेका छन् । 

उनले नगरलाई समृद्ध बनाउका लागि पहिलो पटक बाटो, खानेपानी, सडकलाई सम्पन्न गरेर आगामी वर्ष अन्य विकास निर्माण कार्य, कृषि, पशुपालनलगायतका योजना नगरले अगाडि बढाउने बताएका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू