Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

महिला तथा पुरुष भलिबल प्रतियोगिता उपाधि सित्तडलाई

बुद्धबार, १२ बैशाख २०७५, सगरमाथा पोष्ट

बैतडी, ११ वैशाख

जिल्लाको दोगडाकेदार गाउँपालिकाले आयोजना गरेको गाउँपालिकास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं ६ सित्तडले हात पारेको छ । 

चनैराज खेलमैदान देउलेकमा बुधबार सम्पन्न भएको प्रतियोगितामा महिलातर्फ वडा नं ३ श्रीकोटलाई ३–१ को सोझो सेटमा हराउँदै वडा नं ६ सित्तडले उपाधि जितेको हो । यस्तै पुरुषतर्फ वडा नं १ रीमलाई ३–१ को सोझो सेटमा हराउँदै वडा नं ६ सित्तडले नै उपाधि जितेको हो । 

उपाधिसँगै वडा नं ६ को महिला र पुरुषको टीमले रु ५१-५१ हजार पुरस्कार प्राप्त गरेको छ । महिलातर्फ दोस्रो भएको वडा नं ३ श्रीकोटले रु ३० हजार, तृतीय भएको वडा नं ४ श्रीकेदारले रु २० हजार र सान्त्वना स्थान प्राप्त गरेको वडा नं ८ कटौजपानीले १० हजार प्राप्त गरेको छ । 

यसैगरी पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्ने वडा नं १ रीमले रु ३० हजार, तृतीय हुने वडा नं ८ कटौजपानीले २० हजार र सान्त्वना स्थान प्राप्त गर्ने वडा नं २ ले रु १० हजार पुरस्कार प्राप्त गरेको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू