Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

ह्रसिंगाको अनुगमन !

शुक्लाफाँटामा बाह्रसिंगाको अनुगमन गरिदै, अनुगमन ५ दिन सम्म चल्ने

पाँच दिनसम्म सञ्चालन हुने अनुगमनले बाह्रसिंगाको नयाँ वासस्थान एवं समग्र अवस्थाबारे जानकारी गराउने भनाइ

बिहीवार, ६ बैशाख २०७५, सगरमाथा पोष्ट

भीमदत्तनगर, ६ वैशाख :

कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु बाह्रसिंगाको अनुगमन थालिएको छ । 

निकुञ्ज कर्मचारी र साझेदार निकायहरुको पहलमा गत सोमबारदेखि निकुञ्जभित्रको शुक्लाफाँटा र आसपासका क्षेत्रमा बाह्रसिंगाको अनुगमन एवं गणनासमेत गर्न थालिएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल घिमिरेले बाह्रसिंगाको वासस्थान, अवस्था र गणना कार्यसमेत भइरहेको जानकारी दिए । पाँच दिनसम्म सञ्चालन हुने अनुगमनले बाह्रसिंगाको नयाँ वासस्थान एवं समग्र अवस्थाबारे जानकारी हुने उनको भनाइ छ । 

यसअघिको रेकर्डअनुसार शुक्लाफाँटामा विश्वमै सबैभन्दा बढी दुई हजार ३०० को संख्यामा बाह्रसिंगाको झुण्ड देख्न पाइने गरेको छ । 

निकुञ्जकै मुख्य आकर्षणका रुपमा रहेको बाह्रसिंगाको अवलोकन गर्न निकुञ्ज कार्यालयबाट २४ किलोमिटरको दूरीमा रहेको शुक्लाफाँट उपयुक्त स्थान हो । फाँटमा वन्यजन्तुका लागि चरिचरनसँगै प्यास मेटाउन कृत्रिम तलाउसमेत निर्माण गरिएका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू