Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

बोली मात्र !

मुलुकको विकास र समृद्धिका लागि पूर्वाधार विकासका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः माधवकुमार नेपाल

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागद्वारा आयोजित गोष्ठीको उद्घाटन गर्दै नेता नेपालले उक्त क्षेत्रमा गरिने लगानीले देशमा ठूलो संख्यामा रोजगार सिर्जना गर्ने बताए

शुक्रबार, १६ चैत्र २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, १६ चैत

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र समृद्धिका लागि पूर्वाधार विकासका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् ।

नेकपा (एमाले) भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागद्वारा आयोजित गोष्ठीको उद्घाटन गर्दै नेता नेपालले उक्त क्षेत्रमा गरिने लगानीले देशमा ठूलो संख्यामा रोजगार सिर्जना गर्ने बताए ।

पूर्वाधारका योजना सम्पन्न भएपछि मात्र ठेकेदारलाई भुक्तानी दिनुपर्नेमा जोड दिँदै उनले भने–“भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ, प्रधानमन्त्रीले विभागीय मन्त्रीलाई निर्देशन दिनुभएको छ, अब सचिव, महानिर्देशकले भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्नुपर्छ ।”

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले राजनीतिक अस्थिरताले देशमा विनियोजित विकास खर्च उपयोग हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उक्त क्षेत्रमा कानूनका अभावले देखिएका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए ।

उनले आगामी वैशाखभित्र सडकमा रहेका खाल्डाको व्यवस्थापन गरिने जानकारी गराए ।

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सडक विस्तारका कारण धुवाँ, धुलो, ट्राफिक चापको समस्या रहेको बताउँदै छिटोभन्दा छिटो सडकको स्तरोन्नतिका साथै राष्ट्रिय महत्वका आयोजना तथा पूर्वाधार समयमै पूरा गर्नुपर्नेमा जोड दिए ।

विभागका प्रमुख डा विजय पौडेलले समाजवादका लागि भौतिक पूर्वाधारकाबारे कार्यपत्र प्रस्तुत गर्दै सो क्षेत्रमा गरिने लगानीको औचित्य, यातायात क्षेत्रको विकासले कृषि क्षेत्रमा पर्ने प्रभाव सम्बन्धी जानकारी गराए।

मन्त्रालयअन्तर्गतका विभिन्न विभागका प्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञले छवटा कार्यपत्र प्रस्तुत गरेका थिए।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू