Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

बिदाको दिनमा पनि सरकारी गाडी चढ्दै हुनुहुन्छ ? कारबाहीमा पर्नुहोला होसियार !

०१–४२११२०८ र ०१–४२११२१४ नं मा जुनसुकै समयमा पनि सरकारी सवारी साधनको दुरुपयोग सम्बन्धी सूचना उपलब्ध गराई सहयोग गर्न सबैमा अपिल

मंगलवार, ६ चैत्र २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, ६ चैत :

सरकारले विगतको असामान्य परिस्थितिमा अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सूचित गरेको छ । 

तत्कालीन अवस्थालई मध्यनजर गरी सकारात्मक उद्देश्यका साथ अतिआवश्यक कार्यका लागि सरकारी नम्बर प्लेटलाई अस्थायी रुपमा रातोमा परिणत गरिएकामा हालको सामान्य अवस्थामा समेत कतिपय सरकारी निकायबाट सवारी साधनको दुरुपयोग भएको गुनासो आएको जनाउँदै गृह मन्त्रालयले तत्कालै नम्बर प्लेट परिवर्तन गर्न निर्देशन दिएको जनाएको छ । 

गृह मन्त्रालयबाट जारी गरिएको सूचनामा भनिएको छ, “कतिपय सरकारी निकायले सवारी साधनलाई रातो नम्बर प्लेटमा यथावत वा परिवर्तन गरी आफूखुशी प्रयोग गर्ने गरेको, सार्वजनिक बिदाका दिनमा कार्यालयको कामबाहेक अन्य प्रयोजनमा समेत प्रयोग गरी दुरुपयोग भए गरेको सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।” 

कतिपय सरकारी निकायले सवारी साधनलाई रातो नम्बर प्लेटमा यथावत वा परिवर्तन गरी आफूखुशी प्रयोग गर्ने गरेको, सार्वजनिक बिदाका दिनमा कार्यालयको कामबाहेक अन्य प्रयोजनमा समेत प्रयोग गरी दुरुपयोग भए गरेको सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

सरकारी सवारी साधनको दुरुपयोग हुन नदिन मन्त्रालय प्रतिबद्ध रहेको जनाउँदै मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी गरिएको सूचनामा भनिएको छ, “सरकारी साधनको दुरुपयोगविरुद्ध कडाइका साथ कारबाही गर्न मन्त्रालय दृढ छ ।” 

सार्वजनिक बिदाका दिनमा सरकारी नम्बर प्लेटको सवारी साधन सरकारी कामकाजको सिलसिलामा प्रयोग गर्नु परेमा प्रयोजन खुलाइएको पास वा अधिकार प्राप्त निकाय वा पदाधिकारीको स्वीकृति लिएर मात्र प्रयोग गर्न पनि मन्त्रालयले भनेको छ । 

मन्त्रालयले ०१–४२११२०८ र ०१–४२११२१४ नं मा जुनसुकै समयमा सरकारी सवारी साधनको दुरुपयोग सम्बन्धी सूचना एवं जानकारी उपलब्ध गराई दुरुपयोग गर्ने कार्य रोक्ने अभियानमा सहयोग गर्न सबैमा अपिलसमेत गरेको छ । 

यस्ता कार्यबाट जनतामा तत्काल परिवर्तन र राहतको अनुभूति गर्ने वातावरण सिर्जना हुने सरकारको अपेक्षा छ ।  


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू