Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

पर्वतस्थित साढे दुई दशकदेखि बन्द बलेवा विमानस्थलमा आज परीक्षण उडान

स्थानीयवासी तथा धौलागिरि क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुको पटक पटकको प्रयासपछि विमानस्थल नियमित सञ्चालनमा

सोमबार, ५ चैत्र २०७४, सगरमाथा पोष्ट

फलेवास, पर्वत, ५ चैत । 

विगत साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको बलेवा विमानस्थलमा आज पहिलो पटक परीक्षण उडान गरियो । 

यही चैत ९ गतेदेखि नियमित सञ्चालनमा आउने तयारीमा रहेको विमानस्थलमा तारा एयरको नाइन एन ए के एल कलसाइनको टुइनअटर विमानले परीक्षण उडान गरेको हो । पोखरादेखि बलेवा विमानस्थलसम्म परीक्षण उडान गरेको तारा एयरले नियमित सञ्चालनका लागि कुनै कठिनाइ नभएको बताएको छ । 

उक्त विमानलाई चालक सन्तोष शाह, प्रभात घिमिरे र एयर होस्टेज सिर्जना हुमागाईंले विमानस्थलमा सफल अवतरण गराएका हुन् । उनीहरुले पटक पटक विमानस्थल वरिपरिको क्षेत्रमा समेत उडान गरेर नियमित सञ्चालनका लागि उपयुक्त दिशाको निरुपण तथा अझै बनाउनुपर्ने संरचनाका बारेमा अध्ययन गरेका थिए । 

स्थानीयवासी तथा धौलागिरि क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुको पटक पटकको प्रयासपछि विमानस्थल नियमित सञ्चालनमा आउने भएको हो । विमानस्थलको एक महिनादेखि लगातार बागलुङ नगरपालिका र नागरिक उड्डयन प्राधिकरणको पहलमा मर्मत गरिनाका साथै वरपरका संरचना हटाइएको थियो । 

गौचरनमा परिणत भएको विमानस्थल सञ्चालनमा आउने भएपछि स्थानीयवासी हर्षित बनेका छन् । विमानस्थलमा धावन मार्ग मर्मत, पुरानो टावरको जाँच तथा मर्मत र विमानस्थल वरपरका अग्ला संरचना हटाइएको थियो । 

नियमित उडानका लागि यात्रुको अभाव भएमा बागलुङ नगरपालिकाले व्यहोर्ने सहमति भएपछि विभिन्न कम्पनी नियमित उडान भर्न सहमत भएका हुन् । 

विमानस्थल सञ्चालन गर्न धौलागिरिवासीले पटक पटक यसअघि पनि माग गर्दै आएका थिए । सो विमानस्थलमा नियमित हवाई उडान शुरु भएपछि धौलागिरिका पर्वत, बागलुङ र म्याग्दीका जनतालाई ठूलो सहयोग पुग्ने भएको छ । 

यो विमानस्थल बागलुङका नारायणस्थान, पैयुँपाटा, अमलाचौर, कुश्मिशेरा, भकुण्डे, रायडाँडालगायत करीब १४ गाविसका जनताले श्रमदानमा २०१८ सालमा निर्माण गरेको हो । यो विमानस्थल बन्द हुनुपूर्व २०४८ सालभन्दा अघि बलेवाबाट टुइनअटर विमानले काठमाडौँ, पोखरा र भैरहवा उडान भर्ने गरेको थियो । विमानस्थल अहिले गौचरनमा परिणत भएको छ । सो विमानस्थलबाट घाँस बेचेर प्राप्त आम्दानी स्थानीय क्याम्पस सञ्चालनका लागि प्रयोग हुँदै आएको छ । 
 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू