Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
प्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्रप्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्र भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै विदेश जाने प्रयोजनका लागि तोकिएका प्रयोगशालालाई मात्र परीक्षण अनुमति : मन्त्रालय

शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार, गलत हल्लाका कारण बजारमा असर

अर्थमन्त्री डा युवराज खतिवडाको भनाइलाई गलत तवरले व्याख्या गरिएका कारण बजार प्रभावित, हल्लाका पछाडि नलाग्न आग्रह

सोमबार, २१ फागुन २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, २१ फागुन

लगातार ओरालो लाग्दै आएको शेयर बजार सोमबार पनि दोहोरो अंकले घटेको छ ।

आइतबार ४१ अंकले घटेको बजार सोमबार १६.६९ अंकले घटेको हो  । नेपाल स्टक एक्स्चेन्जका अनुसार दोहोरो अंकले बजार घट्दा नेप्से परिसूचक एक हजार २८७.७४ बिन्दुमा पुगेको छ ।

‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.२४ बिन्दुले घटेर २७३.५६ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज नौ लाख ७७ हजार ४७ कित्ता शेयर रु ३९ करोड ५२ लाख १७ हजार मूल्यमा कारोबार भएको छ ।

उपसूचकतर्फ व्यापार र होटल समूहको शेयरको मूल्य बढे पनि अरु उपसूचक भने घटेका छन् । व्यापार समूह ६.८५ र होटल २.४८ बिन्दुले उकालो लाग्दा बैंकिङ ९.८७, विकास बैंक ११.४, जलविद्युत् ४५.४, फाइनान्स ६.०९, बीमा ११९.२१, उत्पादन ४६.४७, अन्य १०.१९ र माइक्रोफाइनान्स ४३.७६ बिन्दुले घटेका छन् ।

गलत हल्लाले घट्यो बजार

शेयर बजारको विश्लेषण गर्दै आएका विश्लेषक नीरव पुडासैनीका अनुसार गलत हल्लाका कारण बजार ओरालो लागेको हो । बजारमा हकप्रद तथा बोनस शेयरको पनि दबाब रहेका बेला अर्थमन्त्री डा युवराज खतिवडाको भनाइलाई गलत तवरले व्याख्या गरिएका कारण बजार प्रभावित भएको उनको  टिप्पणी छ ।

शेयर लगानीकर्तालाई नआत्तिइकन धैर्यता राख्न र संयमित हुन आग्रह गर्दै विश्लेषक पुडासैनीले केही समय समस्या देखिए पनि अन्ततः बजार उकालो लाग्ने विश्वास व्यक्त गरे । गलत हल्लाका कारण पनि बजार प्रभावित भएको भन्दै त्यस्तो हल्लाका पछाडि नलाग्न शेयर बजारका जानकारले आग्रह गरेका छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू