Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

‘द–दबङ द टुर’

सलमान आउने कार्यक्रम रद्द नभएको र मिति मात्रै सरेको आयोजकको दाबी

कार्यक्रमको सम्पूर्ण तयारी भैसकेको एवम् करोडौंको टिकट बिक्री भैसकेको अवस्थामा कार्यक्रम रद्द गर्ने भन्ने प्रश्नै उठ्दैन : ओडीसी

शुक्रबार, १८ फागुन २०७४, आहा संवाददाता.

काठमाडौं, फागुन १८ । 

नेपालको राजधानी काठमाडौंमा आयोजना हुन लागेको सलमान खानको कार्यक्रम रद्द भएको नभई त्यसको मिति मात्रै पर सरेको आयोजकले दाबी गरेको छ । कैयौं सञ्चारमाध्यममा कार्यक्रमका लागि सलमान खान नेपाल आउन लागेको तर सुरक्षा कारणले रद्द भएको भन्ने खालका समाचार बाहिर आउन शुरु गरे लगत्तै आयोजक ओडीसी इन्टरटेन्मेटले त्यसको खण्डन गरेको हो । 

ओडीसी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङले कार्यक्रमको सम्पूर्ण तयारी भैसकेको एवम् करोडौंको टिकट बिक्री भैसकेको अवस्थामा कार्यक्रम रद्द गर्ने भन्ने प्रश्नै नउठ्ने बताए । सलमानका फ्यान उनको कार्यक्रमको प्रतीक्षामा रहेको साथै करोडौं रुपैयाँ तयारीमा मात्रै खर्च भैसकेको अवस्थामा केही समयका लागि मात्रै मिति पर सारिएको उनले बताएका हुन् । 

कार्यक्रमका लागि ५ करोड भारतीय रुपैयाँ सलमानलगायतका अन्य कलाकारलाई पठाइसकेको आयोजकको दाबी छ । यद्यपी कहिलेका लागि मिति सारिएको भन्ने विषयमा भने आयोजकले केही बताएको छैन । आगामी तीनदेखि चार हप्ताको बीचमा कार्यक्रमको मिति तय हुने बताइएको छ । 

यसै फागुन २६ गतेका लागि तय गरिएको उक्त कार्यक्रम स्थगित गर्नका लागि नेत्रविक्रम चन्द ‘विप्लव’  नेतृत्वको माओवादी निकट संगठनले माग गरेको थियो । काठमाडौंको टुँडिखेलमा हुने भनिएको उक्त कार्यक्रममा बलिउड सुपरस्टार सलमानसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि आउने बताइएको थियो ।

सलमान खानको ‘द–दबङ द टुर’ अन्तर्गत उक्त कार्यक्रम हुन लागेको बतार्इंदै आएको थियो भने कार्यक्रममा ५० हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको थियो । कार्यक्रमका लागि भन्दै ओडीसीले ३ हजार, ५ हजार, १० हजार र २० हजार दरका टिकट बिक्री गरिरहेको थियो । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू