Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

एभरेष्ट इन्स्योरेन्सले संस्थापक शेयर कायम गरेपछि मात्र हकप्रद शेयर जारी गर्न पाउने

कम्पनीमा संस्थापक शेयरधनी कोही पनि नभएको भन्दै पहिले अनुपात मिलाउन निर्देशन

बिहीवार, १८ माघ २०७४, सगरमाथा पोष्ट

काठमाडौं, माघ १८ । 
एभरेष्ट इन्स्योरेन्सले संस्थापक शेयर कायम गरेपछि मात्र हकप्रद शेयर जारी गर्न पाउने भएको छ ।  बीमा समितिले संस्थापक शेयर कायम गरेपछि मात्र हकप्रद निस्कासनको प्रकृया थाल्न निर्देशन दिएको हो ।

कम्पनीले संस्थापक र साधारण शेयरको अनुपातको ब्यवस्था नभएका बेला केही बर्षअघि सबै संस्थापक शेयरलाई साधारण बनाएको थियो । कम्पनीमा संस्थापक शेयरधनी कोही पनि नभएको भन्दै पहिले अनुपात मिलाउन निर्देशन दिएको हो।
 
बीमा समितिले गत बैशाखमा निर्दे्शिका जारी गर्दै निर्जीवन बीमा कम्पनीले चुक्ता पूँजी एक अर्ब पुर्याउनु पर्ने व्यवस्था गरेपछि कम्पनीले ६०० प्रतिशत हकप्रद निष्काशन गर्ने घोषणा गरेको थियो। हकप्रद निस्कासनका लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएको थियो।
 
बोर्डले कम्पनीमा संस्थापक शेयरधनी नभएको भन्दै शेयर जारी गर्न दिने र नदिने बारे बीमा समितिसँग राय माग गरेको थियो । त्यसपछि समितिले बीमा ऐन अनुसार संस्थापक र साधारण शेयरधनी छुट्टिएकाले त्यसै अनुसार शेयर जारि गर्नु पर्ने राय बुझाएको थियो।
 
समितिको राय अनुसार बोर्डले हकप्रद शेयर निस्कासनमा रोक लगाएको छ । समितिले अहिले एभरेष्टलाई उपयुक्त पूँजी संरचनाको खाका तयार पारी पेश गर्न निर्देशन दिएको उपनिर्देशक साम्बराज लामिछानेले जानकारी दिए। 
 
कम्पनीलाई हाल कायम भएका शेयरधनीलाई कुनै मर्का नपर्ने गरी खाका तयार पारेर ल्याउन बीमा समितिले निर्देशन दिएको छ। ’कम्पनीले हकप्रद घोषणा गरेपछि दोस्रो बजारमा यसको भाउ उच्च भएको हुँदा ती लगानीकर्तालाई पनि मर्का नपर्ने गरी निर्णय गर्न निर्देशन दिएका हौं,’ लामिछानेले भने। 
 
कम्पनीको हालको चुक्ता पूँजी १२ करोड १५ लाख रुपैयाँ छ। कम्पनीले यसैको ६०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको थियो। अब कम्पनीले बीमा ऐन अनुसार संस्थापकतर्फ न्युनतम ५१ प्रतिशत र अधितम ७० प्रतिशतसम्म छुट्टाउनु पर्ने हुन्छ। 
 
निर्जीवन बीमा कम्पनीले चुक्ता पूँजी एक अर्ब पुर्याउनु पर्छ। एभरेष्टले संस्थापक र साधारण छुट्याउनु पर्ने भएपछि अहिलेका शेयरधनीलाई साधारणमा गणना गर्दै ४९ प्रतिशतसम्म हिस्सा दिने हो भने ४०३.२९ प्रतिशतसम्म मात्र हकप्रद शेयर जारि गर्न सक्छ।
 
यदि कम्पनीले अहिलेका शेयरधनीलाई साधारण गणना गर्दै न्यूनतम ३० प्रतिशतसम्म शेयर दिने हो भने २४६.९१ प्रतिशत मात्र शेयर निष्काशन गर्न सक्नेछ। कम्पनीले घोषणा गरेको ६०० प्रतिशत नै हकप्रद शेयर दिने हो भने चुक्ता पूँजी एक अर्ब ४८ करोड रुपैयाँ पुर्याउनु पर्नेछ। यसको लागि संस्थापकतर्फ ७५ करोड ८७ लाख रुपैयाँ जुटाउनु पर्नेछ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू