Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

साझा यातायात

काठमाडौं उपत्यकाभित्र सेवा विस्तार गर्दै साझा यातायात

उपत्यका भित्रन लागेको नयाँ बसमध्ये एउटा अपाङ्गतामैत्री होचो बससमेत, अपाङ्तामैत्री बस र डिलक्स बस भित्रने क्रममा, सिटी बसको टेण्डर प्रक्रिया सकिएको

बिहीवार, १८ माघ २०७४, रासस /(आहाखबर).

ललितपुर, १८ माघ। 

साझा यातायातले २९ वटा बस थप गर्ने भएको छ । उपत्यकाभित्र चल्ने र बाहिरका लागि समेत गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको कायम मुकायम  प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए  । 

उपत्यका भित्रन लागेको नयाँ बसमध्ये एउटा अपाङ्गतामैत्री होचो बससमेत रहेको छ । अपाङ्तामैत्री बस र डिलक्स बस भित्रने क्रममा रहेको छ भने सिटी बसको टेण्डर प्रक्रिया सकिएको छ । 

डिलक्स बस उपत्यकाबाहिर चल्नेछ भने सिटी बसलाई माग भएका र आवश्यकता बढी भएका ठाउँमा चलाइने उनी बताउँछन् । उनले भने, “बस उपत्यका आएपछि प्राविधिक जाँच गरेर यातायात व्यवस्था कार्यालयमा दर्ता हुन्छ र त्यसपछि नै रुट कता लिने भन्ने हुन्छ ।” 

काठमाडौँ उपत्यकाबाहिर अहिले साझाका दुईवटा बस काठमाडौँ–बाग्लुङ रुटमा गुडिरहेका छन् । डिलक्स बस यही रुटमा थप्ने वा अन्य जिल्लामा भन्ने निर्णय भइसकेको छैन । काठमाडौँ उपत्यकामा चल्ने सिटी बसका लागि भने धेरै ठाउँबाट माग भएको छ । 

नयाँ बनेका नगरपालिकाले समेत साझाको शेयर खरिद गर्न र आफ्नो ठाउँमा साझा बसको सेवाका लागि इच्छुक देखिएका छन् । उनले भने , “काठमाडौँ उपत्यका र उपत्यकाबाहिर दुबैतिर साझाको माग रहेको छ ।” 

काठमाडौँ उपत्यकामा ४४ र उपत्यकाबाहिर दुईवटा गरेर अहिले साझाका ४६ वटा बस सञ्चालनमा छन् । 
 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू