Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

अदुरगामी निर्माण कार्य

मोरङको राजघाटमा खोलामा पुल बन्दा पनि स्थानियबासीलाई भने दुःखै दुख

“पुल बन्यो भनेर हामीले खुशी हुने अवस्था छैन । पुलसम्म पुग्न अर्को पुल चाहिन्छ ।" - स्थानियबासी गजलाल खवास

शुक्रबार, १२ माघ २०७४, गोपालप्रसाद पोखरेल .

पथरी, मोरङ, १२ माघ । 

खोलामा पक्की पुल बनेपछि सर्वसाधारण तथा स्थानीय खुशी हुन्छन् । तर झापा र मोरङ जोड्ने पुल बनेपछि स्थानीय दुःखी भएका छन् । 

आफ्नो गाउँको मुहार नै फेरिने सपना बोकेका मोरङको राजघाटवासीको सपना पानीको फोकाझैँ बनेको छ । मोरङ र झापा जिल्लाको सिमानामा रहेको मावा खोलामा पुल बनिसके पनि मोरङवासी अझै खुशी हुन सकेका छैनन् । खोलाको पूर्वी भागसँग जोडिएर ७५ दशमलव ४५ मिटर लामो पुल बने पनि खोलाको पश्चिमतर्फको झण्डै ५०० मिटर लामो भङ्गालोलाई व्यवस्थित गर्न नसक्दा पुल ‘लंकाको सुन’ जस्तै बनेको छ । 

झापातर्फ पुलसम्म आउने बाटो धमाधम कालोपत्रे भइरहेको छ भने मोरङतर्फ आमवारी–झुर्किया सडकसँग पुल जोड्न झण्डै ६०० मिटर सडक निर्माण गर्नुपर्ने स्थानीय गणेश राईको भनाइ छ । 

पुलबाट सडक जोड्ने बाटोका लागि साविक राजघाट–६, हाल उर्लाबारी–९ का सुकबहादुर लिम्बू, चक्रबहादुर राई, चक्र छाराहाङ र फौदराज लिम्बू, टंक लिम्बू र कालीबहादुर लिम्बूले आफ्नो नम्बरी जग्गाबाट २५-२५ फिट जग्गा दिइसकेका छन्  । 

सडकलाई जग्गा दिएका फौदराज लिम्बूको तीन कट्ठामध्ये डेढ कट्ठा जग्गा बाटोमा गएको छ । सम्पत्तिका नाममा यही माटो हो तर बाटोमा जाने भयो, उनको भनाइ छ । उनले बाटोमा जग्गा गएपनि झापाको दमकसँग सिधा सम्पर्क हुनसके आफ्नो गाउँको विकास हुने सपना देखेका थिए  । वर्षायाममा साविक दमक–१९ र राजघाट–६ का बासिन्दाले वारिपारि गर्न ३० किलोमिटरको यात्रा तय गर्नुपर्थ्यो  । तर पुल बनिसक्दा पनि उनीहरूको नियति फेरिएको छैन । स्थानीय समाजसेवी तेजन खड्का भन्छन् – “पुल बन्यो, तर मुख्य खोला माथि बनेन ।” 

झापाले आफूलाई पायक पर्नेगरी पुल बनाउँदा मोरङवासीलाई अन्याय भएको राईको भनाइ छ । तर पुल निर्माण गर्दा साविक नक्सामा खोलो जहाँ छ त्यहीँ बनेको उर्लाबारी–९ का वडासदस्य खड्गबहादुर कार्कीको भनाइ छ । कार्कीले भने – खोला पश्चिम हानिएको बीसौँ वर्षभन्दा बढी भयो, तर हिउँदमा जहाँ पानी बगेको छ, त्यहीँ पुल बनाउने निर्णय हुँदा मोरङवासीलाई अन्याय भयो ।” 

२०७१ को चैतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका पुल बिटी निर्माण सेवाले निर्माण गरेको हो । मावा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष अम्बिका खनालका अनुसार सरकारले रु चार करोड ४० लाख मा २०० मिटर लम्बाइको पुल निर्माण गर्ने ठेक्का दिएको हो । तर पुल ७५ दशमलव ४५ मिटर लामो मात्र बनेको छ । 

मोरङतर्फको भङ्गालोमा कल्भर्ट निर्माण गर्नसमेत रु ६६ लाख बजेट विनियोजन भएको भएपनि भङ्गालो व्यवस्थापन अझै हुन सकेको छैन । स्थानीय गजलाल खवास भन्छन् – “पुल बन्यो भनेर हामीले खुशी हुने अवस्था छैन । पुलसम्म पुग्न अर्को पुल चाहिन्छ । खोला माथि पुल नबनेको खवासको गुनासो छ । 

उपभोक्ता समितिका उपाध्यक्ष राजन रायमाझी मोरङतर्फको काम सन्तोषजनक नभएको बताउँछन्  । कल्भर्टभन्दा पनि ६०० मिटर सडक निर्माण गर्ने काम जटिल रहेको रायमाझीको भनाइ छ । 

पुल बनेपछि मोरङतर्फको ६०० मिटर सडक निर्माण गर्न पुलको दुवैतर्फ अग्लो बाँध निर्माण गर्नुपर्ने रायमाझीको भनाइ छ । पुल निर्माण कम्पनीले पुलको उत्तरतर्फ एक किलोमिटर र दक्षिणतर्फ ५०० मिटर बाँध बनाउने सहमति गरेको भए पनि सहमति कार्यान्वयन नभएको उनले बताए  । 

त्यस्तै, झापा र मोरङतर्फ पुलबाट १-१ सय मिटर सडक पनि व्यवस्थापन गरिदिने सहमति भएको थियो जसअनुसार झापातर्फ पुलसम्म आउने सडक धमाधम स्तरोन्नति भइरहेको छ भने मोरङतर्फ कुनै काम हुन सकेको छैन । 

उर्लावासी–९ का गणेश राईले भने – “पुल बन्नु राम्रो कुरा हो, तर पुलमा पुग्न अर्को पुल चाहिने भएको छ । वर्षायाममा खोलाले बगाएर ल्याएका जराबुटा तथा रुख पुलमुनि अड्किएर खोला थुनिन्छ र पानी पश्चिमको गाउँतर्फ पसेर डुबान हुने गरेको उनको भनाइ छ । पुलको निर्माण सम्पन्न भए विराटनगर र दमकको दूरी झण्डै ३० किलो छोट्टिने स्थानीयको भनाइ छ । 
 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू