Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

चलचित्र ‘ब्लाईन्ड रक्स’ को गीतमा बेनिषाको ‘उड्यो मन’(भिडियो सहित)

चलचित्र आगामी फागुन १८ प्रदर्शनमा आउने, वेनिषा दृष्टिविहीनको भूमिकामा

शुक्रबार, २८ पौष २०७४, सगरमाथा पोष्ट

काठमाडौं,पौष २८ ।
चलचित्र ‘ब्लाईन्ड रक्स’को पहिलो गीत सार्वजनिक भएको छ ।  चलचित्रको पहिलो गीत गीत ‘उड्यो मन’ बिहीबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको हो । 

क्लासिकल फ्लेबरमा रहेको गीतको भिडियोमा नायिका बेनिषा हमालले कथ्थक नृत्य प्रस्तुत गरेकी छन् । छुट्टै छुट्टै भूमिका निर्वहन गर्न रुचाने नायिका बेनिषा यस चलचित्रमा फरक भूमिकामै देखिदै छिन् । 

उनी यस चलचित्रमा दृष्ट्रि विहिनको भूमिकामा देखिने भएकी छिन् । आधा दर्जन भन्दा बढी चलचित्रमा अभिनय कौशल प्रस्तुत गरेकी नायिका बेनिषाको यो भूमिकालाई भने दर्शकले अध्याधिक रुचाउने उनले आशा लिएकी छिन् । 

यस अघिका चलचित्रबाट उनले खासै सफलता पाउन भने सकेकी छैनन् । हरि लम्सालको सङ्गीतमा तयार भएको गीतमा बानीका प्रधानले स्वर दिएकी छन् । गीतमा संचारकर्मी नरेश भट्टराईको शब्द सिर्जना रहेको छ ।

दृष्टिविहीन युवती सृष्टि केसीको जीवनीमा आधारित चलचिमा बेनिषाले सृष्टिको भूमिका निर्वाह गरेकी छन् । चलचित्रमा बेनिषाको साथै गौरी मल्ल, अर्पण थापा, अनिल शाह, वसन्त भट्ट लगायतको अभिनय रहेको छ । 

एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा चलचित्र निर्माण भएको हो । चलचित्र आगामी फागुन १८ प्रदर्शनमा आउने बताइएको छ ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू