Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

चालक पक्राउको विरोधमा पोखराका बस व्यवसायी आन्दोलित

सार्वजनिक सवारी साधन सञ्चालनमा नहुँँदा यात्रुहरु मर्कामा

बिहीवार, २७ पौष २०७४, सगरमाथा पोष्ट

काठमाडौं, पौष २७ । 
पोखराका ट्याक्सी व्यवसायीले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै कास्कीका ८ वटै बस व्यवसायीले आज बस सन्चालन नगर्दा सर्वसाधारण यात्रु मारमा  परेका छन् ।  

मिटरमा ट्याक्सी नचलाएको भन्दै प्रहरीले १८ जना ट्याक्सी चलाकलाई पक्राउ गरेपछि पोखराका ट्याक्सी व्यवसायी आन्दोलनमा उत्रेका हुन् । हिजो मात्रै उनीहरुले पृथ्बीचोकमा ट्याक्सी जाम गरेर विरोध प्रदर्शन गरेका थिए ।

ट्याक्सी व्यवसायीको मागमा ऐक्यबद्धता जनाउँदै जिल्लाका सबै ८ वटै व्यवसायीले आज कालो नम्बर प्लेटका सवारी साधन थन्क्याएका हुन् । व्यवसायीले सार्वजनिक सवारी नचलाउँदा बिहानैदेखि कास्कीको सवारी आवागमन प्रभावित भएको छ । 

पोखरासँगै जिल्लाका कुनै पनि स्थानमा सार्वजनिक सवारी सन्चालनमा आएका छैनन् । व्यवसायीको विरोधले पोखराबाट अन्यत्र जाने र कास्की भित्रिने यात्रु अलपत्र परेका छन् । यद्यपि, निजी सवारी साधन भने बिहानैदेखि निर्वाध चलिरहेका छन् ।

पोखरामा हाल ट्याक्सी व्यवसायी समितिसँगै पृथ्वी राजमार्ग बस व्यवसायी समिति, स्थानीय शृंग यातायात व्यवसायी समिति, पोखरा बस व्यवसायी समिति, विन्ध्यवासिनी बस व्यवसायी समिति लगायत बस समिति छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू