Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह

बलिउड नायिका सोनम विवाह बन्धनमा बाँधिने तयारीमा

दिल्लीका चर्चित व्यापारी आहुजासँग लगनगाँठो कस्ने तयारी, विवाहका लागि स्थान जोधपुर तय

मंगलवार, २५ पौष २०७४, सगरमाथा पोष्ट

काठमाडौं, पौष २५ । 
बलिउडकी चर्चित अभिनेत्री सोनम कपुर अब छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छिन् । केहि समय अघि मात्र अर्की चर्चित अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहली विवाह बन्धनमा बाँधिएका थिए । 

उनीहरुको विवाहको चर्चा सेलाउन नपाउदै बलिउडमा अर्की अभिनेत्री सोनमको  विवाहको खवर बाहिर आएको हो । बलिउडमा एक समय राज गर्न सफल अभिनेता अनिल कपुरको छोरी सोनमले पनि बलिउडमा केहि सफल फिल्म दिएकी छिन् ।

सोनमले विगत लामो समय देखि प्रेम सम्बन्धमा रहेका आफ्नो प्रेमी आनन्द आहुजासँग विवाह गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आहुजा दिल्लीका चर्चित व्यापारी हुन् । 

उनीहरू तीन वर्षदेखि एकअर्काको प्रेममा रहेको बताइएको छ । पछिल्लो केही दिनदेखि लण्डनमा छुट्टी मनाइरहेका यी जोडीले आधिकारिक रुपमा आफ्नो सम्बन्धलाई भने खुलासा गरेका छैनन् । 

सोनम र आनन्दले विवाहको लागी जोधपुरमा स्थान समेत तय गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवाहको मिति भने तय गरिएको छैन ।  


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू