Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि

यस वर्ष विजेता टोलीले रु सात लाख एक हजार र उपविजेताले रु तीन लाख ५१ हजार, ट्रफी, पदक र प्रमाणपत्र पाउने

मंगलवार, २५ पौष २०७४, रासस (आहा खबर).

पोखरा, २५ पुस :

सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने १६औँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ । 

यस वर्ष विजेता टोलीले रु सात लाख एक हजार र उपविजेताले रु तीन लाख ५१ हजार , ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् । गत वर्ष विजेताले रु पाँच लाख एक हजार र उपविजेताले रु दुई लाख ५१ हजार पाएका थिए । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा १२ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष केशव थापाले जानकारी दिए । 

प्रतियोगितामा भाग लिने टोलीमा मनाङ मस्र्याङ्दी, एपिएफ क्लब, संकटा क्लब, युनाइटेड सिक्किम फुटबल क्लब भारत, रमपम झापा ११, उत्तर वरिन्धारा क्लब बंगलादेश, त्रिभुवन आर्मी, नेपाल पुलिस, धरान फुटबल क्लब, सुदूरपश्चिम–११, थ्री स्टार र आयोजक सहारा क्लब छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू