Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

विकासको लालसा

दुर्गमका आयोजनामा बैंकबाट ऋण लिएरै 'हेलिकप्टरबाट सामान ढुवानी'

सरकारी निकायबाट न्यून सहयोग भएको परियोजना निर्माणका लागि शिख अगुवा बागवीर पाइजा र महावीर पुनद्वारा अर्थ स्रोत जुटाउन पहल

बिहीवार, १३ पौष २०७४, सगरमाथा पोष्ट

बाबियाचौर, म्याग्दी, १३ पुुस 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा निर्माणाधीन घोस्तेखोर लघुजलविद्युत् परियोजनाको सामान हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । 

सडकमार्ग भएर शिख पुर्याइएको तार, जेनेरेटर, टवाईनलगायतका उपकरण र सामान बुधबार सिम्रिक एयरको हेलिकप्टरबाट निर्माण स्थलमा पुर्याइएको हो । आयोजनास्थलमा सडक नपुगेको, मानिसले बोकेर लैजान धेरै समय, जनशक्ति र खर्च लाग्ने भएकाले सामान ढुवानीमा हेलिकप्टर प्रयोग गरिएको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर फगामीले बताए  । 

शिख मावि परिसरबाट १२ खेप गरेर आयोजना स्थलमा सामान पुर्याइएको थियो । उपभोक्ता समितिका अनुसार सामान ढुवानीमा रु ११ लाख खर्च भएको छ । ढाँडखर्क, बयली र खोप्राको सामुदायिक लजमा विद्युत् आपूर्तिका लागि स्थानीयवासीको पहलमा ५० किलोवाट क्षमताको परियोजना निर्माणाधीन अवस्थामा छ । 

परियोजनाको नहर, इन्टेक, विद्युत्गृह, फोरवे निर्माण गर्ने, पोल गाड्ने काम सकिएको छ । तार तान्ने, जेनेरेटर र टर्वाइन जडान गर्ने काम गरेपछि परियोजनाबाट विद्युत् उत्पादन हुने जनाइएको छ । चार वर्ष अघिदेखि निर्माण प्रक्रिया थालिएको परियोजना अबको दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । 

सरकारी निकायबाट न्यून मात्र सहयोग भएको परियोजना निर्माणका लागि शिखका अगुवा बागवीर पाइजा र सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा आर्थिकस्रोत जुटाउने क्रम जारी छ । रु एक करोड ५० लाख लागत अनुमान गरिएको परियोजना निर्माण अवधि सकिँदा रु दुई करोडभन्दा बढी खर्च हुने अनुमान छ । 

आव २०७१/७२ मा तत्कालीन जिल्ला समन्वय समितिले रु १० लाख अनुदान उपलब्ध गराएको थियो । भौगोलिक विकटता, महँगो उपकरण र महँगीका कारण लागत बढेको अध्यक्ष फगामीले बताए  । 

सामुदायिक लज सञ्चालक समितिले बैंकबाट ऋण लिएर परियोजना सम्पन्न गर्ने तयारी गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)अन्तर्गत फलाते हँुदै ढाँडखर्क, बयली र खोप्राको भ्रमणमा आउने पर्यटकको संख्या बढ्दै जान थालेको छ । 

पर्यटकको सुविधा र गाउँका सामुदायिक विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले सामुदायिक लज सञ्चालन गरिएको हो । विद्युत् अभावमा पर्यटकलाई अपेक्षाकृत सुविधा उपलब्ध गराउन कठिन भएको थियो । 

मानव बस्तीदेखि टाढा रहेकाले केन्द्रीय प्रशारण लाइनको सम्भावना नभएपछि लघुजलविद्युत् परियोजनामार्फत विद्युत् सुविधा पुर्या उन लागिएको हो । विद्युत्सँगै इन्टरनेट, मोबाइललगायत सञ्चार सुविधा सहज हुने र पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ । 
 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू