Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

बलिउडकी चर्चित अभिनेत्री काजोल अब गायिका बन्दै

काजोलले निर्देशक प्रदिपको नयाँ चलचित्र ‘एला’मा अभिनयको साथ साथै गीत पनि गाउने

मंगलवार, ११ पौष २०७४, सगरमाथा पोष्ट

काठमाडौं पौष ११ । 
बलिउडकी चर्चित अभिनेत्री काजोल देवगन अब गायिका बन्ने भएकी छिन् । पछिल्लो समय उनी अभिनय तिर मात्र नभएर गायनको क्षेत्रमा पनि प्रवेश गने कोशिसमा छिन् । 

काजोलले निर्देशक प्रदिप सरकारको नयाँ चलचित्र ‘एला’मा अभिनयको साथ साथै गीत पनि गाउन लागेको भारतीय  सञ्चारमाध्यमले जनाएका छन् । 

आनन्द गान्धीको ‘बेटा कागाडो’मा आधारित गुजराती नाटकमा बन्न लागेको चलचित्रलाई अभिनेता अजय देवगन र अभिनव शुक्लाले निर्माण गर्न लागेका हुन् ।

चलचित्रमा काजोल एक आमाको साथै गायिकाको  भूमिकामा देखिने भएकी छिन् ।  पछिल्लो समय काजोल अभिनित चलचित्र ‘दिलवाले’ प्रदर्शनमा आएको थियो । 

उनले ‘दिलवाले दुल्हनिया ले जायंगे’, ‘बाजीगर’, ‘कुछ कुछ होता है’,लगायतका चर्चित चलचित्रमा काम गरेकी छिन् । बलिउडमा काजोल र शाहरुख खानको जोडी सफल जोडीको रुपमा चिनिन्छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू