Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

बलिउडका चर्चित निर्देशक करणको अफर कृति र परिणितीद्वारा अस्विकार

छोटो फिल्ममा काम नगर्ने भन्दै दुवै नायिकाले अस्वीकार गरे पछि करण नयाँ नायिकालाई लिएर काम गर्दै

शुक्रबार, ७ पौष २०७४, सगरमाथा पोष्ट

काठमाडौं पौष ७ ।
बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरको प्रस्ताव चर्चित नायिका द्वय कृति सेनन र परिणिती चोपडाले अस्वीकार गरेका छन् । 

निर्माता तथा निर्देशक करण जोहर छोटो चलचित्र बनाउने तयारीमा जुटेका छन् । यसका लागि, उनले सुरुवातमा नायिका परिणिती चोपडालाई अफर गरेका थिए ।

परिणितीले करणको अफर अस्विकार गरिन् । यसपछि, करणले अर्की नायिका कृति सेननलाई अफर गरे । कृतिले पनि छोटो चलचित्रमा काम गरेर आफ्नो करिअर धरापमा नपार्ने भन्दै करणको प्रस्ताव अस्वीकार गरिन् । 

चलचित्र ‘बरेली कि बर्फी’को सफलताले असाध्यै खुशी भएकी नायिका कृति चलचित्र छान्दा ध्यान दिएर गर्ने बताउछिन् । यसैले उनले करणको प्रस्ताव अस्वीकार गरेको बताएकी छिन् । 

यस्तै, चलचित्र ‘गोलमाल अगेन’को सफलताले नायिका परिणिती चोपडा पनि दंग छिन् । उनी, पनि अब करिअरमा गम्भिर छिन् । यसैले, उनले पनि करणको प्रस्ताव अस्विकार गरिन् ।

कृति र परिणितीले अस्विकार गरेपछि करणले एक नयाँ नायिकालाई लिएर छोटो चलचित्र बनाउने भएका छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू