Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन नदी कटान रोक्न योजना तर्जुमा

राष्ट्रिय प्राणीउद्यान निर्माणले गति लिन सकेन, गुरुयोजना स्वीकृतिमा ढिलाइ

उद्यानको १६ किलोमिटरमध्ये अहिलेसम्म जम्मा १३ किलोमिटर बाहिरी घेरा तारजाली हाल्ने कार्य सम्पन्न

शुक्रबार, ७ पौष २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, ७ पुस ।

भक्तपुरको सूर्यविनायकमा बन्न लागेको राष्ट्रिय प्राणी उद्यान निर्माणको काम तीव्र गतिमा हुन सकेको छैन । 

विसं २०७१ माघ २९ को मन्त्रिपरिषद्को बैठकले प्राणी उद्यान निर्माणका लागि निर्देशन दिएपनि निर्माण कार्य भने सुस्त गतिमा भएको हो । भक्तपुरको सूर्यविनायकस्थित २४५ हेक्टर सामुदायिक तथा सरकारी वनमा निर्माण हुन लागेको उद्यानको १६ किलोमिटरमध्ये अहिलेसम्म जम्मा १३ किलोमिटर बाहिरी घेरा तारजाली हाल्ने कार्य भएको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी एवं प्राणी उद्यानका उपनिर्देशक नारायण रुपाखेती उद्यान निर्माणको गुरुयोजना स्वीकृतिमा ढिलाइ भएका कारण काममा ढिलाई भएको बताउंछन् । “सरकारले उद्यान निर्माण गर्ने भने पनि उद्यानभित्र आवश्यक जनशक्ति नपठाएका कारण काम जुनगतिमा हुनुपर्ने हो हुन सकेको छैन,”– उनले भने । 

उद्यानभित्रको २४५ हेक्टरमध्ये १४ हेक्टरमा राष्ट्रिय प्रकृति संरक्षण कोषसँग मिलेर वन्यजन्तु उद्धार केन्द्र निर्माण गरिरहेको उपनिर्देशक रुपाखेतीले जानकारी दिए । यस्तै, उद्धार केन्द्रका वन्यजन्तुलाई आवश्यक पर्ने पानीका लागि डिपबोरीङ निर्माण गर्ने काम भइरहेको छ । उद्यानभित्र आवश्यक रहेका कार्यालय निर्माण गर्ने कार्य शुरु गर्नुका साथै वन्यजन्तु उद्धारका लागि आवश्यक पर्ने एम्बुलेन्ससमेत ल्याइसकिएको छ ।  


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू