Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

डब्लुसिएल खेल्न युएईमा रहेको नेपाली टोली अभ्यास खेलमा अमेरिकासँग पराजित

युएईसँग डिसेम्वर ६ र ८ मा खेल्नु अघि पर्सी आइतबार केन्यासँग अन्तिम अभ्यास खेल खेल्ने

शुक्रबार, १५ मंसिर २०७४, सगरमाथा पोष्ट

काठमाडौं मंसिर १५ । 
वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप खेल्न युएईमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको छ।

नेपालले दिएको ९० रनको सामान्य लक्ष्य अमेरिकाले २२.३ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। नेपाली टोलीका पूर्व प्रशिक्षक पुवुदु दासानायकेको टिम विरुद्व नेपालको ब्याटिङ निकै फितलो रह्यो।

युएईको अबुधावीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभरसमेत खेल्न सकेन र ३६.१ ओभरमा ८९ रनमा अलआउट भयो। नेपालका लागि बसन्त रेग्मीले सर्वा्धिक २१ रन जोडे भने ओपनर दीलिप नाथले १६, दीपेन्द्र सिंह ऐरीले १२ तथा कुशल भुर्तेलले १० रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

पहिलो पटक राष्ट्रिय टिमका लागि खेलेका यू(१९ टिमका अनिल कुमार शाह खाता नखोली आउट भए। नियमित कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको अनुपस्थितीमा शरद भेषावकरले नेपालको कप्तानी गरेका थिए।

नेपाललाई अलआउट गर्न अमेरिकाका जपेन पटेलले सर्वा्धिक ४ विकेट लिए। यस्तै रोए शिल्भा र नोस्थुस केन्जिगेले २(२ विकेट लिए।

अमेरिकाको लागि ओपनर साएद अब्दुल्लाहले सर्वा्धिक ४४ रन बनाए भने खरोए शिल्भाले नटआउट २५ रनको योगदान गरे।  नेपालको लागि सोमपाल काकी र सागर पुनले समान २ विकेट लिए।

युएईसँग डिसेम्वर ६ र ८ मा खेल्नु अघि नेपालले पर्सी आइतबार केन्यासँग अन्तिम अभ्यास खेल खेल्नेछ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू