Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

विश्वकप २०१८ !

रुसमा हुने विश्वकप फुटबलको खेल तालिका आज सार्वजनिक हुँदै

सहभागी ३२ राष्ट्रलाई फिफा वरियताको आधारमा ४ वटा समूहमा राखियो

शुक्रबार, १५ मंसिर २०७४, सगरमाथा पोष्ट

काठमाडौं, मंसिर १५ ।

रुसमा अर्को वर्ष हुने विश्वकप फुटबलको खेल तालिका आज सार्वजनिक गरिंदैछ । रुसको मस्कोमा आज साँझ हुने एक विशेष समारोहमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबलको समूह विभाजन र खेल तालिका सार्वजनिक गर्न लागको हो । 

यसका लागि विश्वकपमा छनौट भएका सबै ३२ राष्ट्रका फुटबल संघ र टोलीका प्रतिनिधि मस्को पुगिसकेका छन् । सहभागी ३२ राष्ट्रलाई फिफा वरियताको आधारमा ४ वटा समूहमा राखिएको छ । 

शीर्ष वरियताप्राप्त राष्ट्रहरुको समूहमा जर्मनी, ब्राजिल, पोर्चुगल, अर्जे्न्टिना, बेल्जियम, पोल्याण्ड, फ्रान्स र आयोजक रुस रहेका छन् । यसैगरी दोस्रो समूहमा स्पेन, पेरु, स्विट्जरल्याण्ड, इ्रग्ल्याण्ड, कोलम्बिया, मेक्सिको, उरुग्वे र क्रोएसिया छन् ।

तेस्रो समूहमा डेनमार्क, आईसल्याण्ड, कोष्टा रिका, स्विडेन, ट्युनिसिया, ईजिप्ट, सेनेगल र ईरान छन् भने चौथो समूहमा सर्विया, नाईजेरिया, अष्ट्रेलिया, जापान, मोरक्को, पानामा, दक्षिण कोरिया र साउदी अरेबिया छन् ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू