Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

म्याग्दीको करबाकेलीमा सामुदायिक होटल सञ्चालनमा

होटलमा आवास, विभिन्न खानाका परिकार, निःशुल्क इन्टरनेट र नुहाउनका लागि तातोपानीको समेत व्यवस्था

बुद्धबार, १३ मंसिर २०७४, सगरमाथा पोष्ट

म्याग्दी, १३ मंसिर ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने धार्मिक पर्यटकीयस्थल करबाकेलीमा सामुदायिक होटल सञ्चालन गरिएको छ । 

करबाकेली बाबा संरक्षण समितिले भ्रमणमा आउने पर्यटक तथा भक्तजनका लागि सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको होटल सञ्चालक समितिका सचिव रवी गर्बुजा पुनले बताए । नौवटा कोठा रहेको उक्त होटलमा एक दिनमा २० पाहुना बास बस्न सक्ने क्षमता छ । 

होटल निर्माणका लागि करिब रु ४५ लाख लगानी भएको उनले जानकारी दिए । उक्त होटलमा आवास, विभिन्न खानाका परिकार, निःशुल्क इन्टरनेट र नुहाउनका लागि तातोपानीको समेत व्यवस्था छ । यसअघि करबाकेलीको दर्शन र अवलोकनका लागि आउने पर्यटक स्थानीयवासिन्दाका घरमा बास बस्ने गरेका थिए । होटल सञ्चालन भएपछि पर्यटक र भक्तजनको आगमन बढ्ने अपेक्षा गरिएको छ । होटलको आम्दानी करबाकेलीको संरक्षण र प्रवद्र्धनमा लगानी गर्ने योजना छ । पुन थरका मगर समुदायको कूलदेवता करबाकेली बाबाको अवसान भएको स्थान मानिने करबाकेलीमा स्थानीय बासिन्दाले करोडाँै रकम लगानी गरेर पूर्वाधार तयार पारेका हुन् ।  तस्वीर : करबाकेली बाबा मन्दिर 

स्थानीय प्रविधि र सीपको प्रयोगबाट निर्माण गरिएको मौलिक शैलीको करबाकेलीमा बहुमूल्य धातुका जलप लगाइएको करबाकेली, बिमला, फिमला, रामचन र कुलचनका मूर्ति राखिएका छन् । समुद्री सहतदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित करबाकेलीबाट धौलागिरि, नीलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचेलगायत १० वटा हिमशृङ्खलाका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जंगल अवलोकन गर्न सकिन्छ । करबाकेलीमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । त्यहाँ पुन समुदायको दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री संकलन गरेर सङ्ग्रहालय स्थापना गरिने भएको छ । यसअघि करबाकेलीमा पूजास्थल, पदमार्ग, सडक र पाँच सयजना अटाउने क्षमताको सभाहल निर्माण गरिएको थियो । 

विसं २०६५ मा करबाकेली अनुसन्धान समिति गठन गरी २०६७ सालदेखि शुरु भएको पूर्वाधार निर्माण कार्यले निरन्तरता पाइरहेको छ । सदरमुकाम बेनीदेखि राहुपारे–महभिर, बैसरी, पर्वतको बाँसखर्क, लेकफाँट र म्याग्दीको हिस्तान भएर करबाकेली पुग्न सकिन्छ । करबाकेली हँुदै मोहरेडाँडा, फूलबारी, घोडेपानी, पुनहिल लगायतका पर्यटकीयस्थललाई जोड्ने पदमार्ग सञ्चालनको तयारी भएको सचिव गर्बुजाले बताए  । करबाकेलीमा हरेक वर्षको मंसिर र वैशाखमा पुन समुदायले पूजाआजा गर्छन् । करबाकेलीमा पूजाआजाका लागि म्याग्दीका साथै पोखरा, काठमाडौँ, चितवन, बुटवललगायत देशका विभिन्न ठाउँमा बसोबास गर्ने पुन समुदाय आउने गर्छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू