Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

६६ औं ‘मिस युनिभर्स’ !

साउथ अफ्रिकाकी डेमी 'मिस युनिभर्स-२०१७' को ताज पहिरिन सफल

कोलम्बियाकी लाउरा गोन्जालेज फस्ट रनर्सअप र जमाइका डेभिना बेन्नेट सेकेन्ड रनर्सअप घोषित

सोमबार, ११ मंसिर २०७४, सगरमाथा पोष्ट

काठमाडौं मंसिर ११ । 
’मिस युनिभर्स २०१७’ को ताज साउथ अफ्रिकाकी सुन्दरीले जितेकी छिन् ।  विश्वभरका ९२ प्रतिस्पर्धीलाई पछि पार्दै साउथ अफ्रिकाकी डेमी ले नेलपेटर्सले ताज पहिरेकी हुन् । 

यो ताज जितेसँगै डेमी–ले नेल–पिर्टस विश्वको ६६ औं ‘मिस युनिभर्स’ बन्न सफल भएकी छन् । २२ वर्षिय डेमिलेग अमेरिकामा बस्दै आएकी थिइन् भने उनी मोडलको रुपमा काम गर्दै आएकी थिइन् । 

‘मिस युनिभर्स–२०१७’ को फाइनलमा डेमी नेल–पिटर्ससँगै जमैका र कोलम्बियाका सुन्दरीहरु पनि ‘टप–थ्री’मा पुगेका थिए । ‘मिस युनिभर्स’ डेमी पिटर्सले नर्थ वेस्ट यूनिभर्सि्टिबाट एमबिएको डिग्री हासिल गरेकी छन् ।

मिस युनिभर्स २०१७ मा मिस जमाइका डेभिना बेन्नेट सेकेन्ड रनर्सअप र मिस कोलम्बिया लाउरा गोन्जालेज फस्ट रनर्सअप घोषित भएका छन् । 

प्रतियोगिताको ६६ औं संस्करणबाट नेपाल भने पारम्भिक चरणमै बाहिरिएको थियो । यो नेपालको पहिलो सहभागिता थियो । जसमा मिस नेपाल अर्थ २०१२ नग्मा श्रेष्ठले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । 

नग्मा प्रतियोगिताको ’बेस्ट इन इभिनिङ गाउन’ सेसनमा भने उत्कृष्ट ९ मा पर्न सफल भएकी थिइन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू