Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

इङ्गिलस प्रिमियर लिगमा आज राति तीन खेल हुदै

म्यान्चेस्टर सिटीले हडर्स्फिल्ड टाउनसँग, बर्नालेले आर्सनलसँग र साउथ ह्याम्पटनले एभर्टनसँग प्रतिस्पर्धा गर्ने

आईतवार, १० मंसिर २०७४, सगरमाथा पोष्ट

काठमाडौ १० मंसिर । 
इङ्गिलस प्रिमियर लिग फुटवलमा आज राति तीन खेल हुदै छ । आज राति हुने पहिलो खेलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले हडर्स्फिल्ड टाउनसँग प्रतिस्पर्धा गर्नेछ । 
दोस्रो खेलमा बर्नालेले आर्सनलको सामना गर्नेछ भने तेस्रोमा साउथ ह्याम्पटन र एभर्टन आमने सामने हुनेछन् । यसअघि गएराति भएको खेलमा चेल्सी र लिभरपूल बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा दुवै टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफको ६५ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि ८५ औं मिनेटमा चेल्सीका विलियनले गोल फर्काउदै खेल बराबरीमा र्पुयाएका हुन् । 

योसँगै चेल्सी २६ अंकसहित तालिकाको तेश्रो र लिभरपूल २३ अंकसहित पाँचौं स्थानमा यथावत छन् । प्रतियोगिता अन्तरगत गएराति नै सम्पन्न अर्को खेलमा म्याचेस्टर युनाइटेडले ब्राइटनलाई १–० ले पराजित गरेको छ । 

ब्राईटनका लेविस डंकले ६६ औं मिनेटमा आत्मघाती गोल गरेपछि म्यान युनाईटेडले जित हात पारेको हो । जितसँगै म्यान युनाईटेड २९ अंकसहित तालिकाको दोश्रो स्थानमा कायम छ । 

राती नै भएका अन्य खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटिलाई २–१, तथा वार्टफोर्डले न्यू क्यासललाई ३–० ले पराजित गरे । टोटेनहाम हटस्पर र वेस्ट ब्रोम १–१ तथा स्वान्सी र वर्नमाउथले गोलरहित बराबरी खेलेका छन् ।  

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू