Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

चलचित्र "लिलिबिली"मा प्रदीप र प्रियंकाको जोडी बाँधिदै

बिहीवार, ३० कार्तिक २०७४, सगरमाथा पोष्ट

काठमाडौं कार्तिक ३० । 
चलचित्र ‘लिलिबिली’ मा नायक प्रदीप खड्काले नायिका प्रियंका कार्कीसँग स्किृन सेयर गर्ने भएका छन् । यस अघि लिलिबिलीको नायिकाको रुपमा रेविका गुरुङलाई लिइएको थियो । 

उनलाई रिप्लेस गर्दै नायिकाको रुपमा प्रियंकालाई लिइएसँगै नेपाली  सिने जगतमा प्रदीप र प्रियंकाको जोडीलाई लिएर चर्चा परिचर्चा चल्न थालेको छ । अहिले उनीहरु हट केक बनेका छन् । 

कतिले प्रदीपको अगाडि प्रियंका फिट नहुने बहस चलाएका छन् त कतिले जोडी राम्रो सुहाउने तर्क पनि गरेका छन् । हल्ला र चर्चा जे(जस्तो कारणले चलेपनि प्रदीप र प्रियंकाले एकसाथ फिल्म ‘लिलिबिली’मा स्क्रिन शेयर गर्ने कन्फर्म भैसकेको छ ।

सोमवार प्रियंका अभिनीत फिल्म ‘ह्याप्पी डेज’को लन्डन प्रिमियरमा प्रदीप पनि उपस्थित थिए । ‘लिलिबिली’को छायांकन र ‘ह्याप्पी डेज’को प्रिमियरका लागि भन्दै निर्देशक मिलन चाम्स सहितको टोली गएको शुक्रवार लन्डन उडेको थियो । 

प्राप्त जानकारी अनुसार, अब यो टीम ‘लिलिबिली’ छायांकन सकाएपछि मात्र नेपाल फर्किनेछ । बेलायत र स्कटल्याण्डमा खिचिने यो फिल्ममा प्रदीपले प्रियंका र नव(नायिका जसिता गुरुङसँग अनस्क्रिन रोमान्स गर्दैछन् ।  

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू