Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

यु – १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित

भारत १९ रनले पराजित, सबै विकेट गुमाएर अल आउट, दिपेन्द्र एक्लैले लिए ४ विकेट

आईतवार, २६ कार्तिक २०७४, सगरमाथा पोष्ट

काठमाडौं, कात्तिक २६।
मलेसियामा जारी यू १९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई पराजित गरेको छ । भारतविरुद्ध नेपालको यो ऐतिहासिक जित हो । 

१८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १६६ रन बनाउँदै सबै विकेट गुमाएर अल आउट भयो । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १९ रनले हराएको हो । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ५० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८५ रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले एक सय १ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ८८ रन बनाए । 
यस्तै जितेन्द्र सिंहले ९५ बलमा ३६ तथा भीम सार्कीले २२ बलमा १५ रन बनाए । भारतका आदित्य थाकरे र अभिषेक शर्माले दुई दुई विकेट लिए । भारतका तनुस कोटियान, मन्दीप सिंह खाता नखोली आउट भए । भारतका लागि सर्वाधिक रन हिमान्सु रानाले ४६ रन बनाए । उनी कमलसिंह ऐरीको बलमा क्याच आउट भए ।

त्यस्तै मन्जोत कलराले ३५, अभिषेक शर्मा २७, अर्थव ताइदे १३, अनुज रावतले १८ रन बनाए । नेपालका लागि सर्वा्धिक दीपेन्द्र ऐरीले ४ विकेट, पवन सर्राफले २, सहाव आलम, कमलसिंह ऐरी, सन्दिप लामिछानेले १र१ विकेट लिए ।  

नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो । 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू