Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

नेइमारले देखाए फेरि बार्सिलोनामा फर्कने इच्छा

शुक्रबार, २४ कार्तिक २०७४, सगरमाथा पोष्ट

एजेन्सी, कात्तिक २४।
विश्वकै सबैभन्दा महंगा फुटबलर नेइमार जुनियरले आफू बार्सिलोनामा फर्कन तयार रहेको बताएका छन् । केही दिन अघि फ्रेन्च लिगमा एक खेल प्रतिबन्धमा परेका नेइमार बार्सिलोना गएका थिए ।बार्सिलोना गएका बेला मेस्सी, स्वारेज र पिकेलाई भेटेका नेइमारले बार्सिलोना फुटबल क्लबका अध्यक्षको सार्वजनिक रुपमै आलोचना गरे पनि खेलाडीको भने आलोचना गरेका छैनन् । 

नेइमारले मेस्सी, स्वारेज र पिकेलाई भेट्दै ‘के तिमीहरु मलाई फिर्ता बोलाउन चाहन्छौ ?’ भनेर सोधेको स्पेनिस सञ्चार माध्यमहरुले जनाएका छन् । नेइमारले हाँस्दै मेस्सी लगायत बार्सिलोनाका अन्य खेलाडीसँग आफू बार्सिलोनामा फर्कन चाहेको कुरा बताएको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् । 

साथै नेइमार पिएसजीमा खुशी हुन नसकेको कुरा पनि बाहिर आइरहेको छ । पिएसजीमा अर्का स्टार खेलाडी काभानीसँग नेइमारको त्यति राम्रो सम्बन्ध नभएको बताइएको छ । 

च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेनको चिर प्रतिद्वन्दी मानिए पनि नेइमारले बार्सिलोनाका अध्यक्ष बाहेक कसैको पनि आलोचना गरेका छैनन । नेइमारले आफूले बार्सिलोनाबाट बोनसबापतको २६ मिलियन युरो नि बाँकी रहेको बताउँदै आएका छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू