Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि २६ सदस्यीय टोलीको घोषणा

बुद्धबार, २२ कार्तिक २०७४, सगरमाथा पोष्ट

काठमाडौं, कात्तिक २२ ।
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आगामी महिना युएइसँग हुने खेलका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ । 

अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनौट समितिले २६ जना खेलाडी छनौट गरेको हो ।  

मलेसियामा हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटमा गरेको प्रदर्शनका आधारमा १९ वर्षमुनिका दुई जना खेलाडीलाई पनि प्रारम्भिक टोलीमा थपिने छ । सबै २८ जनालाई प्रशिक्षणमा राखेर अन्तिम टोलीको घोषणा गरिने छ । 
नेपालले मंसिर २० र २२ गते युएईसँग उसैको घरेलु मैदान शेख जियाद स्टेडियम आबुधाबीमा खेल्नेछ । गएको महिना भएको छैटौं चरणको खेलमा हङकङसँग पराजित भएपछि नेपाल डिभिजन दुईमा झरिसकेको छ । 

९ अंकसहित नेपाल छैटौं स्थानमा छ भने ६ अंक मात्र बटुलेको युएई पुछारमा छ । युएई र नेपालसँगै नामिबिया पनि डिभिजन दुईमा झरिसकेका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू