Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

मेस्सीले जिते मानहानीको मुद्दा, सामाजिक संस्थालाई गरे ८३ हजार डलर सहयोग

शुक्रबार, १७ कार्तिक २०७४, सगरमाथा पोष्ट

एजेन्सी,कात्तिक १७ । 
स्पेनिस क्लब बार्सिलोनाका अर्जे्न्टिनी स्ट्राइकर लियोनल मेस्सीले आफूमाथि मानहानी भएको मुद्दा जितेका छन् । उनले मुद्दा जितेर पाएको झण्डै ८३ हजार अमेरिकी डलर ‘डक्टर्स विथआउट बोडर्स’ नाकको सामाजिक संस्थालाई सहयोग गरेका छन् । 

सन् २०१४ को विश्वकपमा स्पेनिस पत्रिका ला राजोनले मेस्सीमाथि प्रतिबन्धित शक्तिबर्धक औषधि प्रयोग गरेको आरोप लगाएको थियो । फाइनलमा १–० ले जर्मनीसँग हारेको खेलमा मस्ेसी प्रतियोगिताकै उत्कृष्ट खेलाडीसमेत भएका थिए ।  

ला राजोनमा उनीविरुद्धका सामग्री प्रकाशित भएपछि उनले कानूनी कारबाहीका लागि मानहानीको मुद्दा दर्ता गराएका थिए । अदालतले मेस्सीमाथि अनावश्यक आरोप लगाएको भन्दै पत्रिका ला राजोन त्यसका प्रमुख फ्रान्सिस्को मारुएन्दा र लेखक एल्फन्सो युसियालाई दोषी मानेको छ । 

पत्रिकाले त्यो एक विचार प्रदान लेख मात्रै भएको बताए पनि अदालतले मेस्सीमाथि अनावश्यक आरोप लागेको, उनको सामाजिक प्रतिष्ठामा आँच आएको जनाएको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू