Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

यु–१९ एसिया कप छनौटमा नेपाल किर्गिस्तानसँग पराजित

मंगलवार, १४ कार्तिक २०७४, सगरमाथा पोष्ट

काठमाडौं, कार्तिक १४।
एएफसी यू–१९ च्याम्पियनसिपको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा मङ्गलबार भएको खेलमा नेपाल घरेलु टोलीसँग २–० ले पराजित भएको हो । 

खेलको २१ औँ मिनेटमा १–० ले पछि परेको नेपालले दोस्रो हाफको इन्जुरी समयमा गोल खाँदा २–० ले पराजित भयो । यो जितसँगै किर्गिस्तानले भने तीन अंक जोडेको छ ।  समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलम यही कात्तिक १६ गते बहराइनसँग प्रतिस्पर्धा गर्नेछ भने १८ गते युएई र २२ गते ओमन सँग प्रतिस्पर्धा गर्नेछ । 

दश समूहमा विभाजन गरिएको उक्त छनोट खेलमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणमा प्रवेश गर्नेछ । त्यस्तै दोस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट पाँच टोली र आयोजक फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरणमा छनोट हुने टोलीले सन् २०१८ मा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछ । 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू