Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

स्टक ब्रोकर–अर्थ राज्यमन्त्री भेट

‘अब उत्पादनशील क्षेत्रलाई शेयर बजारमा प्रवेश गर्न प्रोत्साहन गरिने’

सोमबार, ९ असोज २०७४, सगरमाथा पोष्ट

काठमाडौं । 
आगामी दिनहरुमा उत्पादनशील क्षेत्रलाई शेयर बजारमा प्रवेश गराउन प्रोत्साहन गरिने भएको छ । स्टक ब्रोकरहरुसँगको भेटमा अर्थ राज्यमन्त्री उदय शम्सेर राणाले हालै यस्तो बताएका हुन् । सो अवसरमा मन्त्री राणाले लगानीकर्ताको जोखिम व्यवस्थापनका लागि रियल सेक्टरलाई शेयर बजारमा प्रवेश गराउनु अपरिहार्य रहेको समेत औंल्याए ।

 

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिहरुसँगकोे भेटमा बोल्दै राज्यमन्त्री राणाले बजारमा बास्तविक क्षेत्रको प्रवेशपछि मात्रै देशको आर्थिक ऐनाको रुपमा शेयर बजारको पहिचान हुने पनि बताए । राणाले नेपालको पूँजी बजारलाई अन्तराष्ट्रियस्तरको बनाउन मन्त्रालय र अन्य सरोकारवाला निकायले इमान्दारीपूर्वक काम थाल्ने समेत बताए । 

सो अवसरमा पूँजी बजारको विकासका लागि लगानीकर्ताले गरेको लगानीलाई दिर्घकालीन र अल्पकालीनमा वर्गीकरण गर्नुपर्ने राज्यमन्त्रीको ध्यानाकर्षण गराएको थियो । त्यस्तै, दीर्घकालीन लगानीहरुमा राज्यले विशेष सहुलियत दिनुपर्नेमा आफ्नो जोड रहेको ब्रोकर एसोसिएसनले जनाएको छ । 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू