Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
टोखाको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता अस्पतालमा सङ्क्रमितको चाप घट्दै हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ जेष्ठ नागरिकको सम्मानमा कस्तो थियो समृद्धिको कविता ? जसले गर्दा पाइन् उनले ८ हजार रुपैयाँ र सम्मान स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’

नेपालगन्जमा पदाधिकारीहरुको सपथग्रहण र पदभार

बिहीवार, २२ आषाढ २०७४, सगरमाथा पोष्ट

नेपालगन्ज, असार २२ गते । नेपालगन्ज उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुको  सपथग्रहण तथा पदभार ग्रहण बिहिवार सम्पन्न भएको छ । उपमहानगरपालिका कार्यालय परिसरमा खचाखच भरिएको नगरबासीको सहभागिताकाबीचमा भएको सपथग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले नव निर्वाचित प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर र २३ वटा वडाका वडा अध्यक्षहरुलाई प्रमाणपत्र बितरण र सपथग्रहण गराए भने प्रमुख डा. राणाले २३ वडाबाट निर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराए ।

  
सपथग्रहण कार्यक्रममा प्रमुख डा. राणाले नेपालगन्जको विकासका लागि पार्टीगत स्वार्थबाट माथी उठेर काम गर्न सबैमा आग्रह गरे  । उनले सबैले मिलेर काम गरेमा ५ बर्षभित्र नेपालगन्जलाई देशकै नमुना शहर बनाउन सकिने बताउँदै सहयोगको आग्रह गरे ।
 उपप्रमुख उमा थापा मगरले समृद्ध नेपालगन्जका लागि नव निर्वाचित जनप्रतिधिलाई साथ दिन नगरबासीसँग आग्रह गरिन् । 
 पदभार लगत्तै योजना शाखाले पेश गरेको कार्यक्रमलाई प्रमुख डा. राणाले हस्ताक्षर गरेर कामको सुरुवात गरेका छन् । रानीतलाउ, सीमा गेट र नगरभवनको मर्मत सम्भार र जिर्णोद्धार गर्ने,नगरभित्रको ट्राफिक ब्यवस्थापन गर्ने र वडा कार्यालय नभएका वडामा छिटो भन्दा छिटो कार्यालय स्थापना गरिने निर्णयमा उल्लेख छ । 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू