Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन नदी कटान रोक्न योजना तर्जुमा

नेपालगन्जमा धवल मेयर र उमा उपमेयर निर्वाचित

मंगलवार, २० आषाढ २०७४, सगरमाथा पोष्ट

नेपालगन्ज, असार १९ । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार डा. धवल शम्शेर राणा विजयी भएका छन् । यसैगरी उपमेयरमा नेपाली काँग्रेसका उमा थापा मगर बिजयी भएका छन् ।

अन्तिम गणना सम्पन्न भएपनि बिजयी राणा र थापाले गणनास्थल भेरी प्राविधिक शिक्षालयमा हात मिलाका थिए ।  आधिकारिक मत बिवरणसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिजयी मेयर, उपमेयर र वडा अध्यक्षहरुको औपचारिक घोषणा गर्नेछ । 

नेपालगन्जका २३ वटै वडाको मतगणना सम्पन्न भएको छ । जस मध्ये ८ मा काँग्रेस, ६ मा एमाले, ४ मा माओवादी, ३ मा राप्रपा र  २ वटा वडामा फोरम नेपाल विजयी भएको छ । सोमबारराती गणना भएका मध्ये, १३ र १६  मा काँग्रेस, १४ मा एमाले, १५ मा फोरम बिजयी भएका छन् ।  मेयरमा बिजयी राणा २०५४ सालमा एमालेका तर्फबाट निर्वाचित मेयर हुन् । उनी हाल राप्रपाका महामन्त्री समेत हुन् । थापामगर भने विद्यार्थी राजनीति हुदै काँग्रेस राजनीतिमा क्रियाशिल भएकी हुन् ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू